कांग्रेसका श्रेष्ठ,लोसपाका चौधरी र नेकपाका साहसहित २८ उम्मेदवार रहेको सर्लाही १ अन्तर्गतका कुन वडामा कति मतदाता ?

260 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीको क्षेत्र नम्बर १ मा २८ जना उम्मेदवार छन्।पूर्वमन्त्री एवम नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठ,पूर्व सांसद एवम लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)का नेता राम प्रकाश चौधरी र पूर्व सांसद एवम नेकपाका नेता प्रमोद साह यसै निर्वाचन क्षेत्रमा उम्मेदवार छन्।रोचक त यो छ कि श्रेष्ठ र साह यस पटक साविकको भन्दा भिन्न दल र चुनाव चिन्ह लिएर मैदानमा उत्र्रिएका छन् ।
पूर्व मन्त्री श्रेष्ठ नेपाली कांग्रेसबाट उम्मेदवार बन्दा र साह नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट उम्मेदवार बनेका हुन्।तत्कालीन एनेकपा(माओवादी)बाट उम्मेदवार बनी २०७० सालमा नेकपा एमालेका नेता झलनाथ खनाललाई हराएका श्रेष्ठ,पछि पार्टीबाट बिद्रोह गरी नेपाली कांग्रेसबाट उम्मेदवार बन्दा तत्कालीन राष्ट्रिय जनता पार्टी,त्यसपछि जनता समाजवादी पार्टी(जसपा) र त्यसपछि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरी साह उम्मेदवार बनेका छन् भने २०७९ सालमा निर्वाचित भएका लोसपाका चौधरी लोसपाबाटै उम्मेदवार बनेका हुन्।२०७० सालको निर्वाचनमा कुल खसेको ४० हजार छ सय ८४ मत मध्य श्रेष्ठले कुल नौ हजार चार सय ७६ मत ल्याई विजयी भएका थिए ।अर्कोतिर साह भने लामो समय मधेस केन्द्रित दलमा रहेर राजनीति गर्दै आएका नेता हुन् ।
उनी २०७४ को निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ मा उम्मेदवार बनी २२ हजार २५ मत ल्याई विजयी भएका थिए ।२०७९ सालमा सर्लाही क्षेत्र नम्बर १ बाटै पराजित भएका साह यस पटक नेकपाको चुनाव चिन्ह लिएर सोही क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।कांग्रेसका श्रेष्ठ,नेकपाका साह र लोसपाका चौधरी एक÷एक पटक निर्वाचित भएमा पूर्व सांसदहरु हुन ।
लालबन्दी,इश्वरपुर,हरिपुर र कविलासी नगरपालिका सहित चन्द्रनगर गाउँपालिकाका वडा गरी कुल ४९ वटा वडा रहेको सर्लाही  क्षेत्र नम्बर १ मा कुल एक लाख ३० हजार आठ सय ७१ मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ।आयोगका अनुसार ७८ वटा मतदास्थल र एक सय ५७ वटा मतदान केन्द्र छन्।६१ हजार एक सय ६१ महिला र ६९ हजार सात सय नौ पुरुष तथा एक अन्य गरी सर्लाही  क्षेत्र नम्बर १ मा कुल एक लाख ३० हजार आठ सय ७१ मतदाता रहेका छन् ।
कुन वडामा कति मतदाता छन् ? 
इश्वरपुर नगरपालिका
वडा नम्बर १ : २७५६
वडा नम्बर २ : २३५९
वडा नम्बर ३ : २८४२
वडा नम्बर ४ : २८४६
वडा नम्बर ५ : ३१७६
वडा नम्बर ६  : ३३८७
वडा नम्बर ७ : २८७२
वडा नम्बर ८ : २१४२
वडा नम्बर ९ : २९०३
वडा नम्बर १० : १६८५
वडा नम्बर ११ : ११८५
वडा नम्बर १२ : ३५९१
वडा नम्बर १३ : ३०९९
वडा नम्बर १४ : २७८८
चन्द्रनगर गाउँपालिका 
वडा नम्बर १ : ३२८१
वडा नम्बर २ : ३४३१
वडा नम्बर ३ : ३२९६
वडा नम्बर ४ : २६७२
वडा नम्बर ५ : २४४०
वडा नम्बर ६ : २९८१
वडा नम्बर ७ : २५७२
लालबन्दी नगरपालिका 
वडा नम्बर १ : ३६०१
वडा नम्बर २ : ३८३६
वडा नम्बर ३ : १९५४
वडा नम्बर ४ : २०४६
वडा नम्बर ५ : २७०६
वडा नम्बर ६ : २५५१
वडा नम्बर ७ : २९३९
वडा नम्बर ८ : २१५७
वडा नम्बर ९ : २०८०
वडा नम्बर १० : १८०६
वडा नम्बर ११ : २२८९
वडा नम्बर १२ : १५६८
वडा नम्बर १३ : १३०४
वडा नम्बर १४ : २३२२
वडा नम्बर १५ : २६५८
वडा नम्बर १६ : ३०६७
वडा नम्बर १७ : ४३१२
कविलासी नगरपालिका
वडा नम्बर १ : २४१२५
वडा नम्बर २ : २३१३
वडा नम्बर ७ : २९४७
हरिपुर नगरपालिका 
वडा नम्बर २ : ३०९९
वडा नम्बर ३ : २१०४
वडा नम्बर ४ : २१८३
वडा नम्बर ५ : ३०९२
वडा नम्बर ६ : २७७९
वडा नम्बर ७ : ३०५६
वडा नम्बर ८ : २०६२
वडा नम्बर ९ : ३३२१ गरी कुल ४९ वटामा एक लाख ३० हजार आठ सय ७१ मतदाता छन् ।

सम्बन्धित समाचार