सर्लाहीको बलरा ९ स्थित सिमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट(बि.ओ.पि.) छतौनाका सशस्त्र प्रहरी निरिक्षकको यात्रु बसको ठक्करबाट ज्यान गएको छ।बलरा ९ स्थित रहेको बि.ओ.पी छतौनाका प्रमुख एवम सशस्त्र प्रहरी निरिक्षक बिजय कुमार तुलाधरलाई बा.प्र.०१ ००६ ख २००४ नम्बरको बसले ठक्कर दिँदा ज्यान गएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरिक्षक विनोदराज खनालले जानकारी दिए।
उनका अनुसार सर्लाहीबाट काठमाण्डौँ सञ्चालन हुने रात्री बसमा भन्सार छलीका सामानहरु लुकाई छिपाई ओसार पसार हुने गरेको आशंकामा उक्त बसलाई रोकी चेकजाँच गर्न खोज्दा बसले ठक्कर दिँदा अन्दाजी बर्ष ४२ का बि.ओ.पि.छतौनाका प्रमुख एवम सशस्त्र प्रहरी निरिक्षक तुलाधरलाई ठक्कर दिदा उनको मृत्यु भएको हो।पछिल्लो समय सिमा क्षेत्रमा सशस्त्र प्रहरीले भन्सार छली तथा गैर कानुनी कार्यलाई निकै कडाई गरेपनि लुकाई छिपाई भन्सार छलीको कपडा लगायत खाद्यान्न र किरानाका सामानहरु ओसार पसार हुने गरेको पाइएपछि जिल्लाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका माल वाहक तथा यात्रु बाहक सवारी साधनहरुलाई सशस्त्र प्रहरीले चेकजाँचमा कडाई गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।सशस्त्र प्रहरी निरिक्षक तुलाधरलाई ठक्कर दिने बस,बसका चालक र सह चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलंगवा सार्लहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए।
त्यसैगरी, सर्लाहीको बरहथवा ९ शान्ति चोक स्थितमा ट्याक्टर र मोटरसाईकल ठोक्किदा दुई जनाको ज्यान गएको छ।बरहथवाबाट हरिवन तर्फ उखु लिएर आउँदै गरेको ज १ त ९८७६ नंम्बरको ट्याक्टर र बिपरित दिशाबाट जाँदै गरेको ज ४ प ३७७ नम्बरकोे मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाईकलका चालक बरहथवा ५ का अन्दाजी वर्ष २५ का हरिन्द्र महतो र सोही मोटरसाईकलमा सवार सोही ठाउँका अन्दाजी वर्ष २२ का पुर्षोतम दासको ज्यान गएको साथै दुर्घटनामा घाईते भएका दुवै जनाको उपचारको क्रममा ज्यान गएको र दुर्घटनामा संग्लग्न ट्याक्टर र ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सार्लहीले जनाएको छ ।