बलराको ७६ करोड बजेट सार्वजनिक,नीति तथा कार्यक्रमसहित नगरसभा सम्पन्न

343 Shares

सर्लाहीको बलरा नगरपालिकाले आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि रु ७६ करोडको अनुमानित वार्षिक बजेट सार्वजनिक गरेको छ।बलरा नगरपालिकाको १५ नगर सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि रु ७६ करोडको अनुमानित वार्षिक बजेट,नीति तथा कार्यक्रम नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहाले प्रस्तुत गरेका हुन्।
संविधान सभा सदस्य शिवपुजन यादवको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको नगर सभामा सार्वजनिक गरिएको बजेट र नीतिगत दस्तावेजमा नगरको पूर्वाधार,शिक्षा,स्वास्थ्य,कृषि र सामाजिक सुरक्षा लगायतका क्षेत्रमा प्राथमिकता दिइएको नगर प्रमुख कुशवाहाले जानकारी दिए ।उनका अनुसार बलरा नगरपालिकाले बजेटसँगै जनताको सहभागिता सुनिश्चित गर्दै पारदर्शिता र उत्तरदायित्वमा आधारित विकास मार्गमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,पूर्वाधार,रोजगारी,कृषि र सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता दिईएको छ ।
२० वटा स्थानीय तह रहेको सर्लाहीका यस अघि बागमती नगरपालिका,कौडेना र चक्रघट्टा गाउँपालिकाले आ–आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्।स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० भित्र आफ्नो वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार जिल्लाका अरु स्थानीय तहहरुले पनि आगामि आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति,बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन् ।

सम्बन्धित समाचार