Close This

हरिपुर्वाको केश्वर गरिब जनता मा.विमा झडपमा दुई विद्यार्थी घाईते,आज छलफल जारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१ गते   ६८ पटक हेरिएको

सर्लाहीको हरिपूर्वा नगरपालिका–५, मा रहेको केश्वर गरिब जनता मा.विमा वुधवार विद्यार्थीहरुबीच झडप हुँदा दुई जना घाईते भएका छन् । शैक्षिक भ्रमणमा जाने÷नजाने भन्ने विषयमा विवाद भएपछि भएको झडपमा २ जना विद्यार्थीहरु घाईते भएका विद्यालयका निमित्त प्र.अ. गंगाराम रायले बताउनु भयो । विद्यार्थीहरु उशृङखल भएका र पटक पटक विवाद भएको र आफुहरुले छुट्याउने प्रयास गर्दा पनि नसकेको प्र.अ. रायले लाचार जवाफ दिनु भएको छ ।
कक्षा १० का विद्यार्थीको दुई समूहबीच वुधवार बिहान करिब ११ बजे झडप भएको हो । झडपमा १८ वर्षका सुनिल कुमार राय र वर्ष १८ कै अर्जुन माझी विद्यार्थी घाईते भएका प्रहरीले जनाएको छ । विद्यार्थीबीच पुनः झडप हुन नदिन विद्यालय क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मनोज रायले बताउनु भयो । 
यता, विद्यार्थीं विद्यार्थी विचको झडपको कारण के हो ? भनि हरिपुर्वा नगरपालिकाको शिक्षा शाखा प्रमुख जनक काफ्लेलाई सोध्दा उहाँले यो हरिपुर्वा हो यहाँ यस्तो भईरहन्छ भन्ने गैर जिम्मेवारपुर्ण जवाफ दिनु भयो । विद्यालयबाट बर्सेनि कक्षा १० का विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा लाने गरिएको थियो । यो वर्ष पनि यसबारेमा व्यवस्थापन समितिको बैठक राखेर निर्णय गर्ने तयारी हुँदाहुँदै विद्यार्थीहरुले आपसमा विवाद गरेर तनाव सिर्जना गरेका निमित्त प्रअ रायले बताउनु भयो ।
अहिले स्थानिय प्रहरी प्रशासन,जनप्रतिनिधिहरु,विद्यालय प्रशासन,विद्यालय व्यावस्थापन समिति लगायत सरोकारवाला निकाय बसेर छलफल जारी रहेको विद्यालय स्रोतले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech