सर्लाहीको मलंगवामा करिब साँढे दुई करोडको लागतमा निर्माण भएको प्रादेशिक अस्पताल मलंगवाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ।मधेश प्रदेश सरकारका मुख्य मन्त्री सतीश कुमार सिंह र मधेश प्रदेश सरकारका प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुुधन प्रसाद सिंहले संयुक्त रुपमा शिलालेख अनावरण गरेर उद्घाटन गरेका प्रादेशिक अस्पताल मलंगवाका सूचना अधिकारी डा.अविनाश कुमार सिंहले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेश सरकारको रु दुुई करोड ५३ लाखको लागतमा निर्माण भएको सुविधा सम्पन्न तीन तले अस्पताल भवनको मुुख्यमन्त्री सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले अस्पताल भवनको उद्धघाटन गरिएको हो । भवन उद्धघाटन गर्दै मुुख्यमन्त्री सिंहले अस्पतालको सेवा,सुविधा र गुणस्तरमा ध्यान दिन निर्देशन दिएका छन्।उनले अहिले भएकै जनशक्तिबाट नागरिक मैत्री सेवा दिन र कुनै समस्या पर्दा सहयोगका लागि प्रदेश सरकार तत्पर रहेको समेत बताए ।
मुख्यमन्त्री सिंहले औपचारिक कार्यक्रमहरुमा स्वागत, सम्मानमा अनावश्यक खर्च नगर्न अनुरोध समेत गरेका छन्।नवनिर्मित अस्पताल भवनको भुुँई तलामा आकस्मिक कक्ष,पहिलो तलामा वार्ड,दोस्रो तलामा वर्न तथा अन्य सेवा र तेस्रो तला आवासका लागि छुट्याइएको प्रादेशिक अस्पताल मलंगवाका प्रमुख मेडिकल सुपरिन्टेडेण्ड डा.संजिव कुमार सिंहले बताए ।
उनका अनुसार प्रादेशिक अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहजता आउने छ।अस्पताल भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,मलंगवा नगरपालिकाकी नगर उप प्रमुख शकुन्तला देवी साह, अस्पताल सञ्चालक समितिका अध्यक्ष सतीशकुमार साह र जनस्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवलकिशोर झालगायतको विशेष उपस्थिति रहेको थियो ।