बागमतीको भरत तालमा वाटर साईक्लिनिङ सुरु

एसपि गौरव    प्रकाशित: २०८०-६-१३ गते   ९८५ पटक हेरिएको

सर्लाहीको बागमतीमा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल)मा नेपाल मै पहिलो वाटर साईक्लिनिङ सुरु भएको छ ।बागमती नगरपालिका ४ र १२ को सिमानामा निमाार्णाधिन अवस्थमा रहेको बागमती माछा पोखरी(भरत ताल)मा ५ वटा वाटर साईक्लिनिङ शनिबार(आज)बाट सुरु भएको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठले जानकारी दिए ।उनका अनुसार नेपाल मै पहिलो पटक बागमती माछा पोखरी(भरत ताल)मा वाटर साईक्लिनिङ सुरु भएको हो ।
शनिबार एक अनौपचारीक कार्यक्रम मार्फत बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले नेपाल मै पहिलो पटक बागमती माछा पोखरी(भरत ताल)मा वाटर साईक्लिनिङ सुरु गरेका हुन । कार्यक्रममा बागमती नगरपालिका १२ का वडा अध्यक्ष श्रेष्ठ,बागमती नगरपालिका ११ का वडा अध्यक्ष प्रदिप कुमार आचार्य,बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।
एक पटकमा चालक सहित २ जना सवार हुन मिल्ने वाटर साईक्लिनिङ परिक्षण पश्चात सञ्चालन सुरु भएको बागमती नगरपालिकाको शिक्षा शाखाका कार्कीले जानकारी दिए ।उनका अनुसार बागमती माछा पोखरी(भरत ताल)मा साना ठुला गरेर ३५ वटा ढुंगाहरु सञ्चालन भई रहेका छन् । भने अहिले स्काई साईक्लिनिङ पनि सञ्चालन भई रहेको छ । बागमती माछा पोखरी(भरत ताल)मा सर्यटकहरुलाई लोभ्याउन गोडा तथा उट समेत राखिएको छ भने तालमा हजारौँको संख्यामा हाँसहरु राखिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech