संघर्ष समितिद्धारा परियोजनालाई ज्ञापन पत्र

3k Shares

सर्लाहीको लालबन्दीमा रहेको तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजना लालबन्दीले खानेपानीको महसुल बढी लिएको भन्दै खानेपानी महसुल समायोजन संघर्ष समिति गठन गरि ज्ञापन पत्र बुझाएको छ । लालबन्दी नगरपालिका ५ का स्थानियबासीहरुले राम प्रसाद ढुंगेलको संयोजकत्वमा ११ सदस्यीय संर्घष समिति गठन गरि वडा भित्रका ५  सय जनाको हस्ताक्षर गरी तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजना लालबन्दी र लालबन्दी नगरपालिकालाई ज्ञापन पत्र बुझाएका हुन ।६ हजार लिटर पानीले आफुहरुलाई एक महिना नपुग्ने,पानी प्रयोगको शुल्क महंगो भएको साथै गुणस्तर हिन सामाग्रीको प्रयोग गरिएको भन्दै आफुहरुले ज्ञापन पत्र बुझाएको संघर्ष  समितिका अध्यक्ष ढुंगेलले बताउनु भयो ।

आफुहरुलाई मासिक ३० हजार लिटर पानी चाहिने र अहिलेको पानी प्रयोगको शुल्क बढी भएको नगरबासीको भनाई छ । साथै धारामा जडान गरिएको कमसल मुल्यको सामानका कारण पानी प्रयोग गरिएको भन्दा बढी बिल उठ्ने गरेको साथै महंगो पनि भएको लालबन्दी नगरपालिका ६ की मन्दीरा बरालले बताउनु भयो । वडा नम्बर ५ को समन्वयमा संघर्ष समितिले पहिलो चरणमा ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको वडा नम्बर ५ का वडा अध्यक्ष मोहनहरी भण्डारीले बताउनु भयो ।

त्यसैगरी जनता समाजवादी पार्टी नेपाल लालबन्दी नगर कमिटले तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजना लालबन्दीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महसुल समायोजनका विषय,मिटर जडान तथा गुणस्तरहिन सामाग्रीको प्रयोगको  र पाईप लाईन विस्तारको विषयमा सर्वदलीय सर्व पक्षिय छलफलको लागि माग गरेको जनता समाजवादी पार्टी नेपालका नेता सुनिल कुमार साह (भान्जा)ले जानकारी दिनु भयो ।

जनता समाजवादी पार्टी नेपालका नेताहरु हिराकाजी लामा,सुनिल कुमार साह (भान्जा),केशव न्यौपाने र ईन्द्र बल लगायतका नेता तथा कार्यतर्काहरुले तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजना लालबन्दीको कार्यलयमा पुगि परियोजनाका अध्यक्ष बासुदेव अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । भने  सोमबार व्यावस्थापन समितिको बैठक बसेर नगरबासी उपभोक्ताको हितमा काम गर्ने विषयमा निर्णय गरिने परियोजनाका अध्यक्ष अधिकारीले बताउनु भयो ।

सम्बन्धित समाचार