आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम प्रदान गर्न सुरु गरिएको छ ।सर्लाही क्षेत्र नंम्बर २ का मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आईतबार सर्लाही सदरमुकाम मलंगवास्थित सर्लाही क्याम्पसमा तालिम प्रदान गरिएको जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिए ।
यस्तै,क्षेत्र नं. ४ का मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि सर्लाही क्याम्पस मलंगवामा नै सोमबार तालिमको आयोजना गरिएको छ ।
क्षेत्र नं. १ र ३ का मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई क्रमशःफागुन १२ गते मंगलबार र १३ गते बुधबार लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा निर्वाचन लक्षित तालिम उपलब्ध गराइने जिल्ला निर्वाचन अधिकारी पौडेलले ताए ।