Close This

सर्लाहीमा बुधबार १५ जना कोरोना संक्रमित थपिए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-८ गते   २२१२ पटक हेरिएको

सर्लाहीमा बुधबार कोरोना भाईरस(कोभिड १९)का १५ जना नयाँ संक्रमित देखिएका छन् । मलंगवामा ५ जना, हविनमा दुई जना, कौडेना, चक्रघट्टा, विष्णु, हरिपुर, बागमती, ब्रम्हपुरी, चन्द्रनगर र लालबन्दीमा एक÷एक जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला जन स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

पछिल्लो समय जिल्लामा कोरोना परीक्षणको दायरा घटाइएको छ । बुधबार संक्रमण पुष्टि भएकामध्ये कतिपयले अन्यत्र गएर स्वाब दिँदा समेत यहाँ रिपोर्ट आएको र केही यहीँबाट धेरै समय अघि स्वाब पठाएपछि बुधबार बल्ल रिपोर्ट आएकाहरु रहेका स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन सुशील कुमार झाले जानकारी दिनु भयो ।
जिल्लामा अहिलेसम्म २ हजार ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला जन स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । बुधबार थपिएका संक्रमितहरु यसमा जोडिएको छैन् । उनीहरु पहिलो संक्रमित हुन् वा दोहो¥याएर परीक्षण गर्दा फेरि पोजिटिभ रिपोर्ट आएको हो भन्ने प्रष्ट हुन बाँकी रहेको झाले बताउनु भयो ।

जिल्लाका १ हजार ५ सय १८ जना संक्रमित संक्रमणमुक्त भईसकेका छन् । ५ सय ९ जना संक्रमितको भने पोजिटिभ रिपोर्ट आएको १४ दिन पुगेको छैन । कोरोना संक्रमणबाट हालसम्म मलंगवामा दुई, लालबन्दी, हरिपुर र चक्रघट्टामा एकरएक जना गरी ५ जनाको  ज्यान गएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech