Close This

मातृशोकमा हरिहरपुरगढीका अध्यक्ष लामा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-३ गते   ४४५ पटक हेरिएको

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कार्साङ लामालाई मातृशोक परेको छ । अध्यक्ष लामाकी आमा कान्छिमाया लामाको ७९ वर्षको उमेरमा बुधबार निधन भएको हो । 
चार वर्षदेखि फोक्सो सम्बन्धी समस्याका कारण विरामी रहनुभएकी लामाको बुधबार दिउँसो १२ बजे क्यानेश्वरको घिमिलेडाँडास्थित निवासमा निधन भएको हो । बौद्ध परम्पराअनुसार हरिहरपुरगढी गाउँपालिका ८ क्यानेश्वरको धमिलेडाँडामा नै स्व.लामाको अन्त्येष्टि गरिने लामा पिरिवाले जनाएको छ ।
अध्यक्ष लामाकी आमाको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाका प्रवक्ता एवम हरिहरपुरगढी गाउँपालिका ५ का वडा अध्यक्ष झलककुमार माझीले दुःख व्यक्त गर्नुभयो । “गाउँपालिका अध्यक्ष लामाका ममतामयी आमाको असामयिक निधन भएको खबरले स्तब्ध भएको छु । मृतक आमाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।” वडा अध्यक्ष माझीले बताउनु भयो ।
 उहाँले भन्नुभयो, “यस दुःखद घडिमा शोकाकुल परिवारप्रति हार्दिक समबेदना व्यक्त गर्दछु ।”  हरिहरपुरगढी गाउँपालिकाले पनि शोक वक्तव्य जारी गर्दै गाउँपालिका अध्यक्ष लामाकी आमाको निधनप्रति दुःख व्यक्त गरेको छ । स्व.लामाको तीन छोरामध्ये कान्छा छोरा सात वर्षअघि नै दुर्घटनामा परी निधन भइसकेको थियो । स्व. लामाका श्रीमान, दुई छोरा र एक छोरी रहेका छन । स्व.लामाप्रति कमलामाई मिडिया प्राली परिवार हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदान व्यक्त गर्दछौँ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech