Close This

दुई जना तरकारी व्यवसायि पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१३ गते   ४०८ पटक हेरिएको

 कमलामाई नगरपालिकामा रहेको कृषि उपज बजारमा तरकारी बेच्दै आएका दुई जनालाई प्रहरीले पक्रउ गरेको छ । कमलामाई नगरपालिका ५ मधुटार बस्दै आएका २५ बर्षिय गौरीशंखर चौधरी र ४५ बर्षिय विनोद चौधरीलाई कृषि उपज बजारमा तरकारी विक्रि गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुले अन्यन्त्रैबाट ल्इाएको तरकारी विक्रि गर्दै गरेको अवस्थामा पक्राउ गरिएको बताईएको छ । पक्राउ गरिएकाहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार आवश्यक अनुशन्धानका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट ७ दिन म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक रन्जु सिग्देलले जानकारी दिनुभयो ।

उनीहरुले विक्रि गर्न राखेको काउली र खोसानी बरामद गरि नष्ट गरेको उहाँले जानकारी दिनुभयो । कोरोना भाईरसको संक्रमण हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट बैशाख १५ गते सम्म फलफुल, माछा–मासु, अण्डा, कुखुरा–चल्ला, हरियो तरकारी आयातमा प्रतिबन्ध लगाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech