करिब ९ लाखको भन्सार छलीको कपडा सहित कार सर्लाही प्रहरीको नियन्त्रणमा

179 Shares

सर्लाहीको फुलजोर–बयलबास हुलाकी सडकबाट भन्सार छलीको कपडा सहित एउटा नेपाली नम्बरको कार सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ।ईश्वरपुर नगरपालिका–५ स्थित फुलजोर–बयलबास हुलाकी सडक खण्डमा प्रहरी चौकी फुलजोर र अस्थायी ट्राफिक प्रहरी चोकपोष्ट फुलजोरबाट संयुक्त रुपमा चेकिङमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बा.७ च १६३२ नम्बरको कार सहित ठूलो मात्रामा भन्सार छलीको कपडा प्रहरीले बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार सवारी चोकजाँचमा खटिएको प्रहरी टोलीलाई देखेपछि कारका चालक फरार भएपछि कारलाई शंका लागी चेकजाँच गर्दा कारभित्र अन्दाजी रु आठ लाख ७८ हजार आठ सय बराबरको रेडिमेट कुर्था सुरुवालको कपडाहरु फेला परेपछि कार समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवा पठाईएको छ ।पछिल्लो समय सर्लाहीका सीमानाकाहरुमा निकै कडाई गरिएको भएपनि त्यती ठूलो मात्रामा भन्सार छलीको कपडा कहाँबाट सीमानाका भन्दा करिब २५ किलो मिटर माथि सम्म आई पुग्यो ? कसले भन्सार छली उक्त कपडा ल्यायो ? भन्ने गम्भीर प्रश्न खडा भएको छ । यद्यपी सर्लाहीका सूरक्षाकर्मीहरुले पछिल्लो समय भन्सार छलीका कपडाहरुका साथै विभिन्न किसिमका सामानहरु दैनिक जसो बरामद् गरि रहेका छन् ।

सम्बन्धित समाचार