सरकार नियोजित रुपमा बागमतीका नगर प्रमुख थापा सहितमाथि लागि परेको भन्दै कडा आन्दोलन गर्ने माओवादी केन्द्र सर्लाहीको चेतावनी

328 Shares

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा र उप प्रमुख लिला मोक्तान सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई नियोजित रुपमा फसाउन षड्यन्त्र सुरु भएको भन्दै नेकपा(माओवादी केन्द्र)सर्लाहीले आक्रोस व्यक्त गरेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरी त्यहाँबाट फसाउन सक्ने अवस्था नदेखेपछि नेपाली कांग्रेस र नेकपा(एमाले)को गठबन्धनको सरकारले वन सम्बन्धी मुद्धा बनाएर बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई नियोजित रुपमा फसाउन षड्यन्त्र सुरु गरेपछि तातेको माओवादी केन्द्र सर्लाहीले वर्तमान सरकार बागमतीको विकास देख्न नसकेपछि नियोजित रुपमा अन्य मुद्धाहरु बनाई सकाउने दायमा लागेको भन्दै आक्रोस व्यक्त गरेको छ ।
बागमती नगरपालिका ४ र १२ मा निर्माण भएको बागमती माछा पोखरी निर्माणको चरण देखि हाल सम्म पनि सरोकारवाला निकायको नाममा कुनै निकाय देखा नपरेका भएपनि अहिले एकपछि अर्काे गर्दै डिभिजन वन कार्यालय लालबन्दी सर्लाही,सागरनाथ वन विकास परियोजना सर्लाही,वन तथा वातावरण मन्त्रालय मधेश प्रदेश र संघीय वन तथा वातावरण मन्त्रालय सिंह दरवार काठमाण्डौँले विभिन्न किसिमका फण्डा अपनाएर बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई नियोजित रुपमा फसाउन षड्यन्त्र सुरु गरेपछि माओवादी केन्द्र सर्लाहीले पहिलो चरणमा डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झाको ध्यानाकर्षण गराएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम प्रसाद काफ्लेले बताए।उनले आफुहरुले पहिलो चरणमा ध्यानाकर्षण गराएको र क्रमैसंग आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने तयारी गरेको बताए ।
“२०६२ देखि २०६५ साल सम्मको अवधिमा परियोजनाको लापर्बाहीले परियोजनाको मुर्तिया क्षेत्रमा करिब दुई हजार पाँच सय हेक्टर वन क्षेत्रको काठ चोरी तस्करी भएको थियो।विभिन्न समयमा सो क्षेत्रमा भएको अतिक्रमण हटाउन सागरनाथ वन विकास परियोजना सर्लाही,डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका साथै जिल्ला प्रशासन कार्यालय सर्लाही रअन्य सरोकारवाला निकायहरुले अतिक्रमण हटाउने प्रयास गरे।तर असफल भएका थिए।जसका कारण त्यहाँ २०६६÷०६७ देखि नै बस्ती बसेको थियो।अहिले सोही विषयलाई लिएर अनावश्यक दुःख दिने नियतले सरकारले बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई नियोजित रुपमा फसाउन षड्यन्त्र सुरु गरेको छ ।”माओवादी केन्द्र सर्लाहीका नेता राज कुमार यादवले बताए ।
उनका अनुसार सो क्षेत्र खाली गराउन तत्कालीन प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको नेतृत्वमा जिल्ला वन अतिक्रमण नियन्त्रण कार्यदल बनाई अतिक्रमित क्षेत्र खाली गराउन लागि पर्दा स्थानीय र सो कार्यदल विच विवाद भई ५० राउण्ड बढी अश्रुग्याँस समेत प्रहार भएको थियो ।
परियोजनाको मूर्तिया वन व्यवस्थापन क्षेत्रअन्तर्गत दुई हजार सात सय ५० हेक्टर क्षेत्रफल मध्ये दुई हजार पाँच सय ३४ हेक्टर क्षेत्रफलमा २०६२ र २०६५ सालदेखि खेती बाली लगाउने एवम बस्ती बस्ने काम सुरु भएको भएपनि २०७४ सालमा स्थानीय तहको निर्वाचनबाट आएका बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई फसाउन वन क्षेत्र नै नभएको बुढी बागमती नदी उकास क्षेत्रलाई वन क्षेत्र भन्दै राज्य लागेको आफुहरुलाई सो कार्य स्वीकारयोग्य नभएकाले तत्काल सो निर्णय राज्यले नसच्याए आफुहरु चरणवद्ध आन्दोलनको तयारीमा लाग्ने  माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तले बताए ।
“सो क्षेत्रमा २०७४ सालबाट बागमती माछा पोखरी बनाउने काम सुरु भएको र करिब १२ वर्ष पहिला नै सकिएको वनलाई २०७४ मा पनि वन मासियो भन्दै अहिले बाहना बाजी गर्ने वनकर्मीहरुले हाल सम्म के हेरेर बसे,यदी वन क्षेत्र थियो भने निर्माण सुरुहुँदै किन रोकिएन ?संघीय सरकार,प्रदेश सरकार तथा स्थानीय सरकार र विभिन्न दातृ निकायहरुले लगानी गरेर निर्माण भएको बागमती माछा पोखरी एकै रातमा निर्माण भएको हो ?कुनै वन क्षेत्र तथा वन मासेर निर्माण भएकाले  हो ?वातावरणीय प्रभाव मुल्यांकन(आईईई) गर्दा वनका प्रतिनिधिले के हेरेर हस्तक्षर गरे ? यी सबै कुरा हेर्दा अहिलेको गठबन्धन सरकार माओवादी केन्द्रका जनप्रततिनिधिहरुले गरेको विकास निर्माणको काम देखेर अतालिएका कारण अनावश्यक मुद्धा लगाई फसाउने षडयन्त्रमा लागेको छ।यो हामीलाई स्वीकार्य छैन्।”नगर अध्यक्ष पन्तले बताए ।
सागरनाथ वन विकास परियोजना सर्लाही अन्र्तगतको मुर्तिया क्षेत्रमा दुई हजार पाँच सय हेक्टर क्षेत्रको वन काठ तस्करले सिध्याएर खाली गराउँदा सो समयमा परियोजना किन मौन थियो ?प्रमुख जिल्ला अधिकारी काफ्लेको नेतृत्वमा बनेको सरोकारवालाहरुको कार्यदलले २०६२÷०६५ मा सो क्षेत्रमा रुख नभएकाले रुख लगाउने अभियान चलाएको भएपनि असफल भएको कुरा अहिलेका सरोकारवाला निकायलाई जानकारी नभएको हो की जानकारी भएपनि बाहना गरेका हुन माओवादी केन्द्र बागमती नगर कमिटि अध्यक्ष चित्र बहादुर तम्सिङले आक्रोस व्यक्त गरे ।
“घर टहरा बनाएर बसोबास गरिरहेका वास्तविक सुकुम्बासीलाई सुकुम्बासी समस्या समाधान आयोग लगायत राज्यका सरोकारवाला निकायसँगको समन्वयमा पहल गर्ने तथा सरकारको निर्णय अनुसार कार्यान्वयन गर्ने त्यति वेलाको कार्यदलले बताएको र सो क्रममा गुगल नक्सा देखि सबैतिर हेर्दा अहिले बागमती माछा पोखरी बनेको क्षेत्र बगर(बुढाी बागमती)को देखिँदा पनि सरकारले के आधारमा बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई वन मुद्धा लगाउने तयारी गरेको हो ।”तुम्सिङले बताए ।
संघीय सरकारको भूमि ऐन,मधेश प्रदेश सरकारको भूमि ऐन र बागमती नगरपालिकाले निर्माण गरेको भूमि सम्बन्धी ऐनमा सार्वजनिक तथा नदी उकास जमिनको सवालमा माथिल्ला सरकारहरुले निर्माण गरेको ऐनमा नबाँझिने गरी स्थानीय तहहको स्वमीत्वमा रहने भनने व्यावस्था गरिएको बागमती नगरपालिकाले जनाएको छ ।नगरपालिकाका अनुसार मसला,टिकलगायत विभिन्न जातका रुखको घना जंगल रहेको मुर्तीया क्षेत्र सर्लाही सहित सप्तरी, सिराहा,सिन्धुली,मकवानपुरसहित भारतीय क्षेत्रबाट आएका सर्वसाधारण बसोबास एवम खेतीयोग्य उर्वर भूमिको रुपमा २०६२÷०६३ सालदेखि नै  भोग चलन गर्दै आएका थिए ।
यता,वन ऐन २०७६ अनुसार बाटो निर्माण हुन नहुने र भएमा वन मुद्धा लाग्ने भनिएको र सो अनुसार हो भने देशभरका कहाँ कहाँबाटो निर्माण भएको छ,फनपार्क निर्माण भएको छ,भ्यू टावर निर्माण भएको छ,ती सबै ठाउँका जनप्रतिनिधिहरु तथा कर्मचारीहरु र बागमती माछा पोखरी निर्माणका लागि बजेट विनियोजन गर्ने निकायहरुलाई मुद्धा लाग्ने की नलाग्ने भन्दै बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई मात्रै फसाउने काम भएकाले त्यो कदापी मान्य नहुने र डिभिजन वन कार्यालय लालबन्दी सर्लाही सहित सरोकारवालाहरुको ध्यान नपुगे चरणवद्ध आन्दोलन गर्ने र त्यसबाट हुने कुनै पनि किसिमको क्षेतस्को सामाना गर्न सरकार तयार रहन माओवादी केन्द्र सर्लाहीले चेतावनी दिएको छ ।
२०३५ सालमा महोत्तरी,सर्लाही र रौतहटको १३ हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा काठ दाउरा उत्पादनका लागि सागरनाथ वन विकास परियोजना सर्लाही स्थापना भएको थियो।परियोजनाका कर्मचारीहरु र तस्करको मिलोमतोमा परियोजना हाल सम्मपनि अतिक्रमण तथा चोरी शिकारीको केन्द्र बनेको जानकारहरु बताउंछन्।उनीहरुका अनुसार बाँकी रहेको परियोजनाको क्षेत्रपनि अहिले परियोजनाका कर्मचारीहरु र जिल्लाका सःमिलहरुका साथै काठ व्यापारीहरुको मिलेमतोमा चोरी तस्करीको शिकार बनी रहेको छ । 

सम्बन्धित समाचार