सिन्धुलीको खुर्काेट स्थित रहेको सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश खुर्काेटको गोताखोर टोलीले सुनकोसी नदीमा डुब्दा मृत्यु भएका दुई मध्ये एक बालकको शव फेला परेको छ ।सिन्धुलीको सनुकोसी गाउँपालिका–५ स्थित पल्धुरी सित्खा पुल नजिकै सुनकोसी नदीमा पौडी खेल्न जाँदा डुबेर मृत्यु भएका सुनकोसी गाउँपालिका–५ का अन्दाजी वर्ष १० का उकेश विकको शव गोताखोरको टोलीले निकालेको हो।उनीसंगै सुनकोसी गाउँपालिका–४ का अन्दाजी वर्ष ९ का सफल पुलामी मगर आइतबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर वेपक्ता भएका थिए ।
डुबेर वेपक्ता एका पुलामीको शव पल्धुरी सित्खामा भेटिएको र वि.क.को शव भने केही तल सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।कार्यालयका अनुसार“बालकहरू बेपत्ता भएको खबर थाहा पाउना साथ स्थानीय जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय खुर्कोट,प्रहरी चौकी रातामाटा र सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश खुर्काेटको टोलीले संयुक्त रूपमा खोजतलास थालेकामा करिब दुई घण्टापछि वि.क.को पनि शव भेटिएको हो ।सुनकोसी नदीमा पौडी खेल्न गएर मृत्यु भएका दुवै बालकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल तर्फ पठाईएको छ ।
त्यसैगरी,सर्लाहीको बागमती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ।लालबन्दी नगरपालिका–९ का अन्दाजी १८ वर्षीय रोहित महतो र अन्दाजी २० वर्षीय गणेश महतो बागमती नदी तर्नै क्रममा वेपत्ता भएका र उनीहरुको खोजी गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार पाँच जना साथीहरू सहित घुम्न गएका रोहित र गणेश बागमती नदी तर्ने क्रममा रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपसी झुलुङ्गे पुल मुनिबाट बेपत्ता बनेका थिए ।बेपत्ता बनेको खबर आएपछि प्रहरी टोलीले खोजी कार्य सुरु गरेको थियो ।खोजी गर्दै जाँदा आइतबार दुबै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
रोहितको शव बागमती नगरपालिका–११ पुल नजिकै र गणेशको शव बागमती पुलभन्दा करिब सय मिटर उत्तर नदीको ड्याम साइडमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।रोहित र गणेशको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएको छ।घुम्न गएका पाँच जना मध्ये अरु तीन जना सकुशल रहेका प्रहरीले जनाएको छ ।