प्रेस सेन्टर नेपाल सर्लाहीले गृह तथा सञ्चार मन्त्रालय मधेश प्रदेशलाई ज्ञापन पत्र पठाएको छ । गृह तथा सञ्चार मन्त्रालयको ठेगाना मार्फ प्रेस सेन्टर नेपाल सर्लाहीले गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहलाई ज्ञापन पत्र पठाएको हो ।
गृह तथा सञ्चार मन्त्री नेकपा(माओवादी केन्द्र)का नेता भएपनि सो मन्त्रालय मातहतको मधेश प्रदेश आमसञ्चार प्राधिकरण र मधेश प्रदेश मिडिया काउन्सीलबाट पाउने सेवा सुविधाहरुमा प्रेस सेन्टर नेपाललाई वेवास्था गरिएको भन्दै मन्त्री साहलाई ज्ञापन पत्र पठाइएको प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष शंखर पहाडी(गौरब)ले बताए । उनका अनुसार माओवादी केन्द्रका नेताहरु नै मन्त्री भएको मन्त्रालयबाट आफुहरुलाई उपेक्षा गरिएकाले मन्त्री ज्युको ध्यानाकर्षण गराउन मन्त्रालय जाँदा मन्त्री ज्यु बाहिर रहेका कारण इमेल मार्फत ज्ञापन पत्र पठाइएको हो ।
मधेश प्रदेशका मिडियाहरुका लागि ल्याइएको मिडिया काउन्सील र आमसञ्चार प्राधिकरण राजनीति गर्ने थलो बनाइँदा लोककल्याणकारी विज्ञापन दामासाही नगरिएको,स्वास्थ्य तथा दुर्घटना बीमा जस्ता सेवाबाट प्रेस सेन्टर नेपाल निकटका मिडियाहरु र मिडियाकर्मीहरु मारमा परेका भन्दै मन्त्री साहको ध्यानाकर्षण स्वारुप ज्ञापन पत्र बुझाइएको प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष गौरबले बताए ।

मधेश प्रदेश मिडिया काउन्सील र आमसञ्चार प्राधिकरणमा भएको राजनैतिक हस्तक्षपलाई तत्कालै बन्द गरि मधेश प्रदेशका सबै सञ्चार गृहहरु र सञ्चारकर्मीहरुको हितमा काम गर्न निर्देशन दिन ज्ञापन पत्र मार्फत मन्त्री साहको ध्यानाकर्षण गराइएको छ । मधेश प्रदेश मिडिया काउन्सील र मिडिया प्राधिकरण गठन गर्नु प्रशंसनिय कार्य भएपनि मधेश प्रदेश मिडिया काउन्सील र मिडिया प्राधिकरणको मर्म,भावना,नीति र शिद्धान्त विपरित भएको गतिविधि यथासिघ्र सुधार नभए प्रेस सेन्टर नेपाल आफ्नै मात्री पार्टीका मन्त्री विरुद्ध जनसुकै कदम चाल्न पनि तयार हुने ज्ञापन पत्रमा उल्लेख गरिएको प्रेस सेन्टर नेपाल सर्लाहीका सचिव रमेश अधिकारी(रितिक)ले बताए । उनका अनुसार मधेश प्रदेश मिडिया काउन्सील र आमसञ्चार प्राधिकरणलाई बोधार्थ बनाएर गृह तथा सञ्चार मन्त्रालयलाई ज्ञापन पत्र पठाइएको हो ।