Close This

विनाकारण पीडित पक्षले अझै बुझेनन् शव,निषेधाज्ञा आज बेलुका सम्म जारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१५ गते   १७०४ पटक हेरिएको

सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटनामा परि ज्यान गुमाएको विषयमा छानविन गर्न प्रहरी उपरिक्षकको नेर्तत्वमा समिति गठन गरिएको छ । पीडित पक्षका ६ बुँदे मागको सम्बोधन गरि शव बुझ्ने तयारी रहेको भएपनि अचानक पीडित पक्षले सहमती वेगर शव बुझ्न आनाकानी गरेपछि छानविन समिति गठन गरिएको हो ।
इश्वरपुर नगरपालिका ७ मा ५ दिनअघि मोटरसाईकल अचानक प्रहरीको भेनसंग ठोकिदा स्थानिय राम कुमार महतोको ज्यान गएको थियो । सोमबार देखि अस्पतालमा रहेको शव  पीडित पक्षले नुबुझ्दा सर्लाहीको सो क्षेत्रमा निषेधाज्ञा पनि आज(शुक्रबार) साँझ सम्म थप गरिएको छ भने उक्ता दुर्घटनाको विषयमा निश्पक्ष टानविन गर्न प्रदेश २ दङ्गा नियन्त्रण प्रहरी गण ढल्केबर, धनुषाका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी  दिनु भयो । उहाँका अनुसार बुधवार लालबन्दीमा भएको सहमती अनुसार बिहीबार मृतकका परिवार शव बुझ्न मलंगवा पुगेपनि शव नबुझि फर्किएका छन् । 
गठित छानविन समितिमा  प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका प्रहरी नायब उपरीक्षक  सन्तुलाल प्रसाद जैसवाल, प्रहरी कार्यालय जनकपुर धनुषाका प्रहरी निरीक्षक गोविन्दलाल कर्ण, सोही कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक प्रेमकुमार साह र सङ्घीय प्रहरी इकाई कार्यालय जनकपुर, धनुषामा कार्यरत प्रहरी हवल्दार प्रमोदकुमार साह सदस्य रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिनु  भयो ।
छानबिन समितिलाई सो दुर्घटनाको सम्वन्धमा सत्य–तथ्य बुझेर अविलम्ब प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रदेश प्रहरी कार्यालय प्रदेश २ ले जनाएको छ । गएको आइतवार राती करिब ९ बजे ईश्वरपुर नगरपालिका–७ मा गस्तीमा रहेको इलाका प्रहरी कार्यालय केशरगञ्ज, बयलबासको भ्यानसंग ना ४३ प ५०१८ नम्बरको मोटरसाइकल अचानक ठोकिदा मोटरसाईकल चालक ईश्वरपुर नगरपालिका ५ का अन्दाजस् वर्ष ३२ का रामकुमार महतोको गंभिर घाइते भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लगिएको भएपनि चिकित्सकहरुले मृत्यु घोषणा गरेका थियो । 
सोही विषयलाई लिएर इश्वरपुर नगरपालिका ६ बयलवासको उत्पन्न विवादले उग्ररुप लिएपछि 
मंगलबार दिउँसो ३ बजेदेपखि जारी गरिएको निषेधाज्ञा आज(शुक्रबार) बेलुका ७ बजे सम्म पुनःकायम गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनु भयो । बुधबार लालबन्दीमा पीडित पक्ष, अन्य सरोकारवाला र सुरक्षा अधिकारीबीच भएको छलफलबाट घटनाको सम्वन्धमा अनुसन्धान गर्न समिति गठन गर्ने, मृतकको परिवारलाई राहत स्वरुप रु १० लाख उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने लगायतका ६ बुँदे सहमति भएपछि आन्दोलन रोकिएको र बिहीबार शव बुझ्ने बताएका पीडित पक्षले बिहीबार पनि शव बुझेनन् ।
कानुनी प्रक्रिया पूरा गरी मृतकको शव परिवारलाई बुझाउने तयारी भइरहेको समयमा अचानक पीडित पक्षले निर्णय परिवर्तन गरेपछि शव कहिले बुझ्ने र पीडित पक्षले किन शव बुझेनन् भन्नेमा अन्योलता छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech