सर्लाहीको धनकौल गाउँपालिका ७ स्थित बैरियामा स्थानीय र प्रहरीविच विवाद भएपछि प्रहरीले तीन शेल अश्रुग्याँस प्रहार गरेको छ । धनकौल गाउँपालिका ७ स्थित बैरिया गाउँका एक स्थानीयको घरमा भन्सार छलीको रासायनिक मल लुकाई छिपाई राखेको सुचनाको आधारमा पुगेको प्रहरी टोलीमाथी स्थानीयले ढुङ्गामुढा गरेपछि प्रहरीले बाध्य भएर तीन शेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार धनकौल गाउँपालिका ७, स्थित बैरिया टोलका एक स्थानीयको घरमा भन्सार छलीको भारतिय मल लुकाई छिपाई राखेको सुचनाको आधारमा सो मल नियन्त्रण गर्न पुगेको प्रहरी टोलीमाथी स्थानीयले ढुङ्गामुढा गरेर अवरोध गर्न थालेपछि प्रहरीले बाध्य भएर तीन शेल अश्रुग्याँस प्रहार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले अवैध भन्सार छलीको मल नियन्त्रणमा लिएर सर्लाही भन्सार कार्यालय लैजान खोजेपछि स्थानीयले प्रहरी माथी नै ढुङ्गामुढा गरेर अवरोध गर्न थालेका थिए । सोही क्रममा बरामद् भएको मल ७२ बोरा मल सर्लाही भन्सार कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दीपेन्द्र पंजियारले जानकारी दिए । उनका अनुसार स्थानीयले केही बोरा मल खोसेर समेत लगेका छन् । भन्सार छलीको भारतिय अवैध मल भण्डारण गरेर राख्ने धनकौल गाउँपालिका ७ स्थित बैरियाका स्थानीय राजु सहनी फरार रहेका छन् । उनको खोजी कार्यजारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सार्लहीमा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरिक्षक सुवेदी आएदेखि नै भन्सार छलीका सामानहरु प्रहरीले निरन्तर नियन्त्रणमा लिई रहेको छ । भने गैर कानुनी कार्य गर्नेहरुको निद हराम भएको छ ।