Close This

काठमाडौंमा रहेका मधेशका विपन्नलाई नेविसंघ नेता कार्कीद्धारा सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१२ गते   ६७९ पटक हेरिएको

नेपाल विद्यार्थी संघका नेता रघुवीर कार्कीको पहलमा काठमाडौंमा समस्यामा रहेका मधेसका विभिन्न जिल्लाका अति विपन्न ४३ परिवारलाई राहत वितरण गरिएको छ । काठमाडौंको गौरीघाटमा बस्दै आएका मधेशबाट काठमाडौं आएर जुत्ता सिलाएर जिविका धानिरहेका अति विपन्न परिवारलाई कार्कीले उनीहरुको डेरामै पुगेर राहत हस्तान्तरण गर्नु भएको हो ।

तराई मधेसका अति बिपन्न ४३ परिवारलाई प्रति परिवार  चामल,  दाल, तेल, नुन लगायतका खाद्य सामग्री प्रदान गरिएको छ ।आत्मीयता र सामाजिक सदभाव सृजना होस भन्नका लागि पनि सहयोग गरेको  नेता कार्कीले बताउनुभयो । उनीहरु लकडाउनका कारण घर जानबाट रोकिएका थिए । काम गर्न नपाउँदा भएको खाद्यान्न सकिएपछि अलपत्र परेको खबर पाएसँगै कार्की सहयोग लिएर पुग्नु भएको हो ।उनीहरुले आफुलाई घर लैजान स्थानीय सरकारले पहल नगरेको र केही दिनदेखि एक छाक मात्र खाएर बसेको गुनासो गरेका छन ।

सर्लाही निवासी कार्कीले आफु पनि मधेसको भएकाले मधेसबाट आएका अति विपन्न परिवार समस्यामा रहेको कुराले आफुलाई भावुक बनाएको कार्कीले कमलामाई खबरलाई बताउनुभयो । उहाँले  आफुले सकेको सहयोग गरेको र अरुलाई पनि हिमाल,पहाड,तराई सबै क्षेत्रका नागरिकलाई सकेको सहयोग गर्न पनि आग्रह गर्नु भयो ।

राहत पाएपछि अरुण चमारले कार्कीले आफुहरुले समस्यामा परेका बेला ठुलो गुन लगाएको भन्दै आफुहरुले कहिल्यै पनि गुन नबिर्सने भन्दै कार्कीलाई धन्यवाद दिएका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech