मधेस प्रदेशको बजेट १६ प्रतिहत मात्रै खर्च,कमजोर पूँजीगत खर्च,अधुरा आयोजना

568 Shares

चालु आर्थिक वर्षको मधेश प्रदेश सरकारको बजेट खर्च निराशाजनक देखिएको छ।सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको छ महिनामा प्रदेशको बजेट खर्च वार्षिक लक्ष्यको १६ दशमलव १८ प्रतिशत मात्रै खर्च भएको हो ।मधेश प्रदेश सरकारको कूल रू दुई खर्ब ७८ अर्ब ६९ करोड २४ लाखको बजेटमा मधेश प्रदेश सरकारले गत पुस मसान्तसम्ममा रू ४५ अर्ब नौ करोड ३८ लाख बराबर मात्रै खर्च गरेका पाइएको हो ।
तुलनात्मक रुपमा कोशी प्रदेशको बजेट खर्च सबैभन्दा राम्रो देखिएको छ भने मधेश प्रदेशको बजेट खर्च सबैभन्दा कमजोर देखिएको हो।कोशी प्रदेशको पुस मसान्तसम्ममा २४ दशमलव ८५ प्रतिशत बजेट खर्च भएको छ।चालु आर्थिक वर्षका लागि कोशी प्रदेशले रू ३५ अर्ब २७ करोड ९३ लाखको बजेट ल्याएकोमा रू आठ अर्ब ७६ करोड ८२ लाख बराबर खर्च गरेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अर्धवार्षिक मूल्यांकन प्रतिवेदन अनुसार चालु आर्थिक वर्षका लागि कूल रू ४३ अर्ब ८९ करोड २२ लाखको बजेट ल्याएको मधेस प्रदेशले पुस मसान्तसम्ममा रू दुई अर्ब ४६ करोड दुई लाख मात्रै खर्च गरेको छ।यो वार्षिक विनियोजनको पाँच दशमलव ६१ प्रतिशत मात्रै हो।पुँजीगत शीर्षकमा रू २७ अर्ब ८९ करोड छुट्याएको मधेस प्रदेशले उक्त विनियोजनको एक प्रतिशत मात्रै खर्च गर्न सकेको हो ।
त्यसैगरी कूल रू ६४ अर्ब ५४ करोड चार लाख बराबरको वार्षिक बजेट ल्याएको बागमती प्रदेशले अर्धवार्षिक समीक्षा अवधिसम्ममा वार्षिक विनियोजनको रू १० अर्ब ५० करोड २९ लाख अर्थात १६ दशमलव २७ प्रतिशत बराबर मात्रै खर्च गरेको छ।लुम्बिनी प्रदेशले कूल रू ३८ अर्ब ९७ करोडको वार्षिक बजेट ल्याएकोमा अर्धवार्षिक समीक्षा अवधिसम्ममा वार्षिक विनियोजनको रू सात अर्ब ५३ करोड ६१ लाख बराबर अर्थात १९ दशमलव ३६ प्रतिशत बजेट खर्च गरेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
चालु आवका लागि रू ३१ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेशले पुस मसान्तसम्ममा रू चार अर्ब ७५ करोड ४७ लाख अर्थात १५ दशमलव १४ प्रतिशत खर्च गरेको हो । सुदूरपश्चिम प्रदेशले अर्धवार्षिक समीक्षा अवधिसम्ममा वार्षिक विनियोजनको १४ दशमलव ८२ प्रतिशत मात्रै खर्च गरेको छ।कूल रू ३१ अर्ब ६२ करोड १९ लाखको बजेट ल्याएको सुदूरपश्चिम प्रदेशले पुस मसान्तसम्ममा रू चार अर्ब ६८ करोड ७० लाख खर्च गरेको पाईएको छ ।
चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो अर्धवार्षिक अवधिमा मधेश सरकारको बजेट खर्च निराशाजनक हुनुमा कमजोर पूँजीगत खर्च र अधुरा आयोजना मुख्य कारकत्तत्व रहेका जानकारहरु बताउँछन्।विशेषगरी,सरकारका मन्त्रालयहरूले प्रभावकारी योजना तर्जुमा गर्न नसक्नु,तोकिएको समयमा बजेट निकासा नहुनु,ठेकेदारहरूको गैर जिम्मेवारीपन तथा परियोजनाको कार्यान्वयनमा देखिएको ढिलाइका कारण बजेट खर्च निराशाजनक रहेको हो ।समयमा नै बजेट खर्च हुन सकेन भने विकासका पूर्वनिर्धारित लक्ष्यहरू प्राप्त गर्न कठिन हुने साथै बजेट खर्च हुन नसक्दा प्रदेशको समग्र विकास प्रक्रिया नै प्रभावित हुने विज्ञहरूको भनाइ छ। 
मधेश प्रदेश सरकारद्वारा प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ केही हदसम्म प्रगति भए पनि पूँजीगत खर्चको अवस्था अत्यन्तै निराशाजनक रहेको प्रदेश योजना आयोग स्रोतले जनाएको छ।सरकारका विभिन्न मन्त्रालय र निकायहरूले स्वीकृत बजेट अनुसारको कार्यक्रम कार्यान्वयन गर्न नसक्दा बजेट खर्च निराशाजनक देखिएको हो।
कमजोर पूँजीगत खर्च, अधुरा आयोजना
प्रदेश सरकारको बजेट कार्यान्वयनमा ढिलाइका कारण धेरै पूर्वाधार निर्माणका परियोजनाहरू प्रभावित भएका छन्।सडक,कृषि,स्वास्थ्य,शिक्षा तथा अन्य विकास निर्माणसम्बन्धी महत्वपूर्ण परियोजनाहरूको प्रगति न्यून देखिएको छ।आयोगका अनुसार चालू आर्थिक वर्षको पहिलो छ महिनामा कुल पूँजीगत बजेटमध्ये करिब १७ प्रतिशत मात्रै बजेट खर्च हुनु मधेश प्रदेश सरकारको गैर जिम्मेवारीपना पनि रहेको जानकारहरु बताउँछन् ।उनीहरुका अनुसार विभिन्न स्थानीय तह र प्रदेश सरकारका मन्त्रालयहरूमा देखिएको समन्वय अभाव,ठेक्का प्रक्रियामा ढिलाइ,प्रशासनिक जटिलता तथा योजना कार्यान्वयनमा आएको बाधा समस्या प्रमुख कारणहरु हुन ।
कारण र प्रभाव
बजेट खर्च बढाउन प्रदेश सरकारले दोस्रो अर्धवार्षिक अवधिमा योजना कार्यान्वयनको गति तीव्र पार्नु पर्ने,ठेक्का प्रक्रियालाई प्रभावकारी बनाउनु पर्ने,समन्वय सुधार गर्नुपर्ने र बजेट कार्यान्वयनका बाधाहरू हटाउउनु पर्ने जानकारहरु बताउँछन्।तर,सरकारले समयमा नै सुधार गर्न नसकेमा चालू आर्थिक वर्षको अन्त्यसम्म पनि बजेटको ठूलो हिस्सा खर्च नहुने र विकास निर्माणका कामहरू प्रभावित हुने सम्भावना रहेको छ।त्यसैले,अबको छ महिनामा सरकार र सम्बन्धित निकायहरूले योजना कार्यान्वयनलाई प्राथमिकता दिनुपर्छ ।

सम्बन्धित समाचार