Close This

सिन्धुली बसपार्कमा फ्री-वाइफाई जडान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-२५ गते   ३३१ पटक हेरिएको

सिन्धुलीको कमलामाई नगरपालिका ६ मा रहेको बसपार्क क्षेत्रमा   फ्री वाइफाई सेवा सुचारु भएको छ। यात्रुहरूलाई बसपार्कमा बसकुर्दा, समयको सदुपयोग होस भन्ने मनसायले उक्त स्थानमा फ्री वाइफाई जडान गरिएको नगर प्रमुख खड्गबहादुर खत्री बताउनुभयो ।
त्यसैगरि नेपालीहरुको महान चाड तिहार नजिकिए संगै कमलामाई नगरपालिकाले रातको समयमा बालिने सडक वत्तीहरुको अनुगमन पनि गरेको छ । 
नगर प्रमुख खत्रीको घोषणा पत्रमा उल्लेख भएनुसार “नगरवासीको चाहना, उज्यालो नगरपालिका हाम्रो कामना” भन्ने नारालाई सार्थकता दिन दिपावलीको समयमा नगर भित्रका क्षेत्रहरुमा राखिएका सडक बत्तीको अनुगमन तथा तिब्र गतिमा सडक बत्ती राख्ने कार्यजारी रहेको कमलामाई नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech