Close This

सर्लाहीमा आईतबार २२ जना कोरोना संक्रमित थपिए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-७ गते   ३२० पटक हेरिएको

सर्लाहीमा आईतबार कोरोना भाईरस(कोभिड १९) संक्रमित २२ जना थपिएका छन । जिल्लाको गोडैता नगरपालिकामा १७, मलंगवा नगरपालिकामा ३ र कविलासी नगरपलिकामा २ जना कोरोना संक्रमित थपिएका जिल्ला जन स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
अब जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या १ हजार २८९ पुगेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सर्लाहीमा ९१ जना संक्रमित थपिएका भनिएको भएपनि जिल्लामा आईतबार २२ जना मात्र कोरोना संक्रमित थपिएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो ।
जिल्लामा सक्रिय संक्रमित ५ सय भन्दा बढी रहेका छन् । जसमध्ये केही स्थानिय निकायहरुको आइसोलेसनमा बसिरहेका छन् भने अधिकांश होम आइसोलेसनमा बसिरहेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech