४४ औ विश्व खाद्य दिवस सिन्धुलीमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो

390 Shares

४४ औ विश्व खाद्य दिवस सिन्धुलीमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । कृषि विकास कार्यालय, सिन्धुली “सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार”भन्ने मूल नाराका साथ ४४ औँ विश्व खाद्य दिवस मनाईएको कृषि विकास कार्यालय, सिन्धुलीका प्रमुख अरुण खनालले जानकारी दिए ।
कृषि विकास कार्यालय सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले आम नागरिकहरुले विषादीरहित पौष्टिक खानामा जोड दिनुपर्ने बताए ।सबैले सन्तुलित भोजनका बारेमा सबैलाई जानकारी गराउन आवश्यक रहेको बताउँदै प्रमुख लामाले सबैले आफ्नो लागि सन्तुलन मिलाएर खाद्य पदार्थ खानुपर्ने र अरुको लागि समेत जोगाउनुपर्ने बताए ।
खाने कुरा खान नपाएर र खान नजानेर मानिसहरु रोगको सिकार बन्ने गरेका समेत प्रमुख लामाले बताए ।उनले विभिन्न अवस्थाका मानिस बसोबास गर्ने हाम्रो समाजमा सन्तुलित भोजनको व्यवस्थापन गर्न नसक्ने परिवारलाई कृषिमा नै रोजगार हुने कार्यक्रम संचालन हुनु आवश्यक रहेको समेत बताए ।
जनचेतनामा अभिबृद्धि,खाद्य सुरक्षा,प्रचार प्रसार,विश्वभर खाद्यान्न संकट र भोकमरी विरुद्ध एक्यवद्ध भइ लड्न,विश्वभर पोषणयुक्त सन्तुलीत भोजनको महत्व प्रदान गर्न र खाद्य अधिकारको विषयमा जानकारी गराउने उद्धेश्यले दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)को आव्हानमा हरेक वर्ष संगठनको स्थापना दिवशको अवसरमा यो दिवस मनाउँदै आएकोे छ । 
कार्यालयका अनुसार खानाको प्रकार,पोषिलो खानमा पहुँच पु¥याउन,उन्नत कृषि प्रविधिहरूको प्रयोग मार्फत कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउन,कृषिमा आधारित उद्योगी व्यवसायीहरूको विकास गरी रोजगारी सिर्जना र आम्दानी वृद्धि गर्न दिवस मनाइँदै आइएको छ ।
व्यावसायिक कृषिको विकास गरी कृषि उपजको आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धनमा सहयोग गर्ने,कृषि विकास र वातावरण संरक्षण बिच सन्तुलन कायम राख्न वातावरण मैत्री कृषि प्रणालीको विकास गरी कृषि जैविक विवधताको संरक्षण,सम्वर्धन एवम दिगो उपयोग गर्ने यस दिवसको उद्देश्य रहेको कार्यालय प्रमुख खनालले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीकी उप प्रमुख शान्ता कार्की,बागवानी विकास केन्द्र,भेटनरी अस्पताल,प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुनार सुपरजोन,खाद्य तथा गुण नियन्त्रण कार्यालय सिन्धुलीका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार