Close This

कोरोना संक्रमित गाउँ नै सिल,२१ जनाको स्वाब संकलन

रासस    प्रकाशित: २०७७-२-४ गते   ३४९ पटक हेरिएको

जिल्लाको रामनगर गाउँपालिकामा एक जनामा कोरोना भाइरस (कोभिड–१९) संंक्रमणको पुष्टि भएपछि रामनगर गाउँपालिका वार्ड न. ४ बहुअर्वाका विधालयको क्वाईन्टाइनमा रहेको २१ जनाको स्वाब संकलन गरी राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । 
रामनगर बहुअर्वाकी एक १८ वर्षिय यूवतीमा कारोना संक्रमण पुष्टि भएपछि प्रशासनले पुरै गाउँ नै सिल गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो।एक महिने बालक सहित यूवतीको परिवारको सबै सदस्यहरुलाई होम क्वान्टाईनमा बस्न आग्रह गरिएको छ । 
यो सँगै सर्लाहीमा कोरोना भाइरस संक्रमितको संख्या तीन पुगेको छ । काठमाडौंको जडिबुटी चौकमा संक्रमित युवतीको परिवार बिगत केहि वर्ष देखि फर्निचर उधोग खोलेर व्यवसाय गर्दै आएको र संक्रमित युवती काठमाडौमै अध्यनरत रहेकी प्रजिअ जिसीले बताउनु भयो । 
संक्रमित युवती बैशाख २२ गते गाउँबाट काठमाडौं गएकी हुन् ।‘लक डाउन हुनु भन्दा अघि नै होली पर्वमा ती युवती काठमाडौं बाट गाउँमा आएकी थिईन’ । दुई वटा मोटर साइकलमा उनी आफ्नो दुई जना भाई बहिनी साथ काठमाडौं गएकी बताईएको छ । दुईवटा मोटरसाइकलमा चार जना काठमाडौं गएको भए पनि एक जना युवतीमा मात्र कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेपछि सर्लाहीमा कोरोना संक्रमितको संख्या तीन पुगेको हो । यस अघि धनकौलका एक १४ वर्षे किशोरमा र हरिपुर्वाका ४५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech