बागमती २ का ३ स्थानमा विद्युतीय समस्या समाधन गर्न ट्रन्सफर्मर अप ग्रेडिङ

एसपि गौरव    प्रकाशित: २०८०-४-३० गते   ५२३ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका २ का विभिन्न स्थानहरुमा विद्युतीय समस्याको समाधान भएको छ । बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाको पहलमा बागमती नगरपालिका २ का विभिन्न स्थानमा देखिएको विद्युतीय समस्या समाधान भएको बागमती नगरपालिका २ का वडा अध्यक्ष बाबु तामाङले जानकारी दिए ।
उनका अनुसार वडाका विभिन्न स्थानहरुमा विद्युतीय समस्या हुँदा वडाबासीहरु निकै हैरान भएका थिए । विद्युतीय सुविधा पुगेको भएपनि कम भोल्टेजका कारण निकै समस्या भएका धरहरामा यस अघि सय केवीको ट्रन्सफर्मर थियो भने अब दुई सय केवी,डावरीमा यस अघि ५० केवीको ट्रन्सफर्मर थियो भने अब सय केवी र सिसौटोलमा यस अघि २५ केवीको ट्रन्सफर्मर थियो भने अब ५० केवीको भएको राखिएको छ ।

 बस्ती विस्तार तिव्र रहेको र कम क्षमताका ट्रन्सफर्मर हुँदा स्थानीयलाई दैनिक गर्नु पर्ने विद्युतीय कामहरु निकै प्रभावित भएका गुनासो आएपछि नगर प्रमुख थापाको पहलमा ट्रन्सफर्मर अप ग्रेडिङ गरि परिवर्तन गरिएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताईन् ।

संघिय संरचना पछि बागमती नगरपालिकाको विकास निर्माणको काम देखेर बागमती नगरपालिकाका सर्लाही सहित छिमेकी जिल्ला रौहतट,सिन्धुली,काभ्रे र महोतरीबाट मानिसहरु बसाई सरी आउन थालेका र जसका कारण जनधनत्व बढेको छ ।तर विद्युतीय क्षमता पुरानै रहँदा सास्ती खेपेका बागमती नगरपालिका २ बासीलाई अव विद्युतीय समस्या समाधन भएको नगर उप प्रमुख मोक्तानले बताईन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech