महिला हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२४ गते   ५८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले पनि महिला हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न गरेको छ । नगरपालिकाको सभाहलमा महिला हिँसा विरुद्धको १६ दिने अभियान आज(शुक्रबार) सम्पन्न भएको हो ।
लालबन्दी नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक कक्षको आयोजनामा २५ नोभेम्बरबाट सुरु भएको १० डिसेम्बर सम्म सञ्चालन भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान आज(शुक्रबार) सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
“घरबाटै शुरु गरौँ,महिला हिंसा अन्त्य गरौँ” भन्ने मुल नाराको साथ हरेक वर्ष मनाउने महिला हिंसा विरुद्धको १६ दिने अभियान आज(शुक्रबार) समापन गरिएको हो । कार्यक्रममा लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती लामाको अध्यक्षता तथा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव तिमल्सेनाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको नगर उप प्रमुख तथा कार्यक्रमकी अध्यक्ष लामाले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech