पुस १ गतेदेखि मलंगवा २ को बसपार्क सञ्चालनमा ल्याउने तयारी

231 Shares

सर्लाहीको मलंगवा नगरपालिका २ स्थित निर्माण भएको नयाँ बस पार्कबाट पुस १ गतेदेखि यातायात सुचारु गर्ने निर्णय भएको छ ।प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षतामा जिल्लाको समग्र शान्ति सुरक्षा,अपराध तथा लागु औषध नियन्त्रण,विपद् व्यवस्थापन,कृषि विकास बैँकको जग्गामा रहेको बस पार्क स्थानान्तरण लगायत विविध विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
राज्यको करिब छ करोडको लागतमा निर्माण भएको मलंगवा नगरपालिका २ को नयाँ बसपार्क निर्माण सम्पन्न भएको लामो समय भएपनि सञ्चालनमा आउन नसक्दा मलंगवा नगरपालिका २ कै कृषि विकास बैँक लि.को जग्गामा रहेको पुरानो बस पार्कबाट बस सञ्चालन भई रहेको छ।उक्त बसपार्क सञ्चालन गर्न यातायत व्यवासायीहरु विच समन्वयात्मक छलफल गर्ने र मलंगवा नगरपालिकाले म्याजिक, टेम्पु लगायतका सवारी साधनहरूलाई व्यवस्थित रूपमा संचालनका लागि एक हप्ता भित्र उपयुक्त स्थान तोक्ने र ट्राफिक प्रहरीसँगको समन्वयमा रुट निर्धारण गर्ने लगायतका विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी कडरीयाले बताए ।
उनका अनुसार लागू औषध नियन्त्रण तथा रोकथामका लागि सीमा नाकामा कडाइ गर्नुका साथै स्थानीय तह,सुरक्षा निकाय सहित सम्बन्धित सबैले आ–आफ्नो तर्फबाट पहल गर्ने र सरोकारवालाहरूको सहभागितामा लागू औषध नियन्त्रण तथा रोकथाम सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने विषयमा पनि छलफल भएको छ ।
त्यस्तै,धार्मिक सांस्कृतिक लगायतका कार्यक्रमहरूमा ठूलो स्वरमा बजाइने डिजे बाजा र माइक ध्वनी प्रदूषण नहुने गरी बजाउनका लागि स्थानीय तह,सुरक्षा निकाय, राजनीतिक दल र नागरिक समाज सहित सम्बन्धित सबै सरोकारवालाहरूले आ–आफ्नो स्थानबाट पहल गर्ने साथै जिल्लामा संचालनमा देखिएका भारतीय नम्बर प्लेटका सबै सवारी साधनहरूको अभिलेखीकरण गर्ने र यसका लागि सम्बन्धित सबैले प्रहरी प्रशासनलाई आ–आफ्नो सवारी साधनको विवरण उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ  ।तर यस अघिपनि पटक पटक यस प्रकारका निर्णय भएका भएपनि कार्यन्वयन हुन सकेको छैन् ।

सम्बन्धित समाचार