सर्लाहीको हरिवनबाट शसस्त्र प्रहरीले ठुलाे मात्रामा भन्सार छलिकाे कपडा बरामद् गरेकाे छ । प्रदेश ३-०१-००६ ख ०७४४ नम्बरकाे यात्री बसमा लुकाई छिपाई भन्सार छलेर लैजाँदै गर्दा शसस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्प हरिवन र शसस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनिबाट खटिएको शसस्त्र प्रहरीको संयुक्त टाेलीले विशेष सुचनाकाे आधारमा पुर्व पश्चिम लाेकमार्ग अन्तरगत सर्लाहीको हरिवन नगरपालिका ११ बाट टिसट २ हजार ५ सय पिस अन्दाजी रु १० लाख बराबरकाे रहेकाे शसस्त्र प्रहरीले जनाएको छ । शसस्त्र प्रहरीका अनुसार महाेतरीकाे सम्सी नाकाबाट काठमाण्डाैँका लागि छुटेकाे प्रदेश ३-०१-००६ ख ०७४४ नम्बरकाे यात्री बसकाे पछाडिको डिकिबाट बिहिबार साँझ ८: ३० बजे साे सामान बरामद् भएको हाे ।