सर्लाहीको लाललबन्दी नगरपालिका ८ मा गरिवी निवारण सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ ।स्थानिय स्रोत साधनको सदुपयोग गरौँ,सीप सिकौँ आम्दानीमा वृद्धि गरौँ भन्ने मुल नाराका साथ गरिवीनिवारणका लागि उघु उद्यम विकास कार्यक्रम(मेडपा)ले एक दिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।

श्रोत तथा बजार सम्भाव्यता अध्यायन गर्न भन्दै लालबन्दी नगरपालिकाको सहयोगमा लालबन्दी नगरपालिकाको नवनिर्मीत भवनमा बुधबार कार्यक्रम सम्पन्न गरिएको हो । वडा नम्बर ८ मा आयोजना गरिएको कार्यक्रममा वडा नम्बर ६,७,८ र १० का गरी करबि ३० जनाको सहभागीता रहेको कार्यक्रमका सहजकर्ता समिर सुवेदीले जानकारी दिनु भयो । ४ वडाका गरी ५० जनालाई उद्यमी बनाउने उद्धेश्य अनुरुप कार्यक्रमको सुरु गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले बताउनु भयो ।
नगर प्रवक्ता श्रेष्ठको आतिथ्यतामा भएको कार्यक्रममा समिरसुवेदी,सदिक्षा तामाङ्ग र रमेश घिमिरेले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । लालबन्दी नरगपालिकाले नगरका वडा नम्बर ८ र १७ मा सो कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।