269
Shares
सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानी स्थित रहेको पद्म भुवनेश्वरी नमुना वृद्वाश्रमलाई दुई वर्षका लागि खाद्यान्नको सहयोग जुटेको छ।हरिवन नगरपालिका ३ का कृष्ण चौधरीले आश्रममा रहेका असहाय,अशक्त तथा वृद्ववृद्वा आमाबुबाहरुका लागि दुई वर्षसम्म पुग्ने खाद्यान्नको व्यावस्था गरिदिएका आश्रमकी अध्यक्ष भवानी कोईरालाले जानकारी दिईन् ।
उनका अनुसार आश्रमलाई व्यक्तिगततर्फ हालसम्मकै ठूलो सहयोग रहेको र यहाँका असहाय,अशक्त तथा वृद्ववृद्वा आमाबुबाहरुका लागि दाता चौधरी परिवार भगवानको रूपमा आएका हुन ।