आगलगी नियन्त्रण गर्न वारुणयन्त्र(दमकल) ढिलो आएको भन्दै आक्रोसित भिडले प्रहरीको गाडी र सरकारी कार्यालयमा गरे तोडफोड

844 Shares

शंखर पहाडी(गौरब) 
जिल्ला प्रहरी कार्यालय सर्लाहीको गाडी सहित केही कार्यालयहरुमा स्थानीय ढुंगामुढा गरेका छन् । सर्लाहीको मलंगवास्थित एक स्थानीयको घरमा आइतबार राति लागेको आगलागी नियन्त्रणमा वारुणयन्त्र नआएको भन्दै आक्रोशित भीडले आगो निभाउन आएको भन्दै आक्रोसित स्थानीयले जिल्ला प्रहरी कार्यालय सर्लाहीको गाडी सहित केही कार्यालयहरुमा स्थानीय ढुंगामुढा गरेका हुन ।
मलंगवा नगरपालिका ४ शिवसागर चोकमा आइतबार राति करिब ८ ः १५ बजे स्थानीय रामस्वरुप चमारको फुसको छाना भएको घरमा आगलागी भएको र बारुणयन्त्र नआएपछि आक्रोसित बनेका स्थानीयले जिल्ला प्रहरी कार्यालय सर्लाहीको गाडी सहित केही कार्यालयहरुमा स्थानीय ढुंगामुढा गरेका प्रहरीले जनाएको छ ।
आगोले जलेर घर खरानी भइ सक्दा पनि आगो निभाउन वारुणयन्त्र(दमकल) नआएको भन्दै आक्रोशित भीडले आगो निभाउन आएको प्रहरीको गाडीसहित मलंगवा नगरपालिका कार्यालय,मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र यादवको घर,जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत लगायतका कार्यालयमा ढुंगामुढा गरेका प्रहरीले जनाएको छ ।
आक्रोशित भीडको ढुंगामुढाबाट यी सबै ठाउँमा क्षति पुगेको छ । नगरपालिकामा पुगेको भीडले कम्पाउन्डमा रहेका दुइवटा मोटरसाइकलमा आगजनीको प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेर भीडलाई तितर बितर पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको बताउँदै थप क्षति हुनबाट जोगाइएको प्रहरी उपरिक्षक सुवेदीले बताए ।
आक्रोशित भीडलाई नियन्त्रणमा लिने क्रममा स्थानीयको ढुंगामुढाबाट ५ जना प्रहरी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कैलाश राईले जानकारी दिए ।उनका अनुसार प्रहरीले भीड नियन्त्रण गर्ने क्रममा ढुंगामुढा गर्ने ७ जनालाई पनि नियन्त्रणमा लिएको छ । दिन प्रतिदिन आगलागीका घटना भइरहँदा जिल्लामा २० मध्य हरिवन नगरपालिकाको मात्र वारुणयन्त्र(दमकल) मात्र प्रयोगमा रहेको छ । भने मलंगवा नगरपालिकाको वारुणयन्त्र(दमकल) बिग्रेर बनाउन पठाइएको पाइएको छ ।

सम्बन्धित समाचार