Close This

सरकारी वकिल कार्यालय सर्लाहीको भवन उद्घाटन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१० गते   २८९ पटक हेरिएको

देशभरका जिल्ला प्रशासन कार्यालयहरु र स्थानियनिकायहरुमा कानुनी सल्लाहकार आवश्यक रहेकाे महान्यायाधिवक्ता खम्ब बहादुर खातीले बताउनु भयाे । उहाँले स्थानिय निकायहरुमा कानुनी सल्लाहकार नहुँदा न्याय सम्पादनमा समस्या भएको र त्यसका लागि तालिम तथा अभिमुखिकरण गाेष्टिहरुकाे व्यावस्था गर्न पहल गर्ने बताउनु भयाे ।
सरकारी सवारीसाधन सहित अन्य सबै आयश्यकिय साधन र सामाग्री भए पनि आफ्नै भवन नहुँदा सेवा प्रवाह र ग्रहण गर्न निकै समस्या भएको थियाे । अब सेवा प्रवाहमा   सहजता प्रदान हुने जिल्ला बार एसाेसिएसन सर्लाहीका अध्यक्ष मनाेज कुमारले बताउनु भयाे ।
जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएकोले पनि जिल्ला प्रशासन कार्यालय सर्लाहीले सरकारी वकिलकाे कार्यालयबाट प्रदान हुने सेवा प्रवाहमा सहजता प्रदान गर्न सक्ने सहयाेग निरन्तर रहने सर्लाहीका प्रमुख जिल्ला अधिकारी  थानेश्वर गाैतमले कताउनु भयाे । उहाँले अर्धन्यायिक निकायलाई पनि कानुनी सल्लाहकार आवश्यक रहेकाे बताउनु भयाे । उहाँले स्थानिय निकायहरुका न्यायिक समितिहरुमा कानुनी सल्लाहकार राख्न र न्यायिक समितिका काम कार्बाहीका सन्दर्भमा सहजता प्रादन हुने खालकाे काम गर्न आग्रह गर्नुभयाे ।
गुणस्तरीय सेवा,न्यायाेचित न्याय सम्पादन लगायतका काममा विशेषध्यान दिन सर्लाही जिल्ला अदालतका प्रमुख ध्रुव कुमार पियाले बताउनु भयाे ।
जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीको भवन उद्घाटन गरिएको छ । सरकारी वकिलकाे आफ्नै भवन नहुँदा सेवाग्राहीलाई सेवा प्रवाह र ग्रहणमा समस्या,कार्यालयकाे अन्तर सम्बन्ध र मुद्दाको प्रकति अनुसारकाे व्यावस्था गर्न समस्या भएको थियाे ।
भाडाकाे घरबाट सेवा प्रवाह गर्दा सेवाग्राहीहरु र सेवा प्रदायक दुवैलाई समस्या भएको र सरकारी वकिलहरुकाे लागि क्षमता विकास गर्न लगायतका काममा आफ्नै कार्यालय भए पछि सहज भएको  कार्यक्रमका अध्यक्ष विश्वराज काेईरालाले बताउनु भयाे ।
नेपाल सरकार अर्थ मन्त्रालयकाे रु २ कराेड ७० लाखकाे लागतमा २०७५ सालबाट बानियाँ निर्माण सेवा प्रालिले सरकारी वकिलकाे कार्यालय २०७८ सालमा निर्माण सम्पन्न भएको सरकारी वकिलकाे कार्यालय सर्लाहीका प्रमुख रिद्दिनाथ निराैलाले जानकारी दिनुभयाे  । उहाँका अनुसार २ वर्षमा निर्माण सम्पन्न गरि सक्नु पर्ने भवनकाे काेराेना महामारी लगायत विविध कारणले निर्धारित समय भन्दा केही ढिला गरि भए पनि निर्माण सम्पन्न भएको हाे । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech