लागू औषध गाँजा सहित दुईजना पक्राउ

एसपि गौरव    प्रकाशित: २०८०-४-१५ गते   ४४८ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ११ बाट प्रतिवन्धीत  लागूऔषध गाँजा एउटा कार र दुई जनालाई प्रहरीले  नियन्त्रणमा लिएकाे छ ।  पूर्व-पश्चिम राजमार्ग भएर रौतहटबाट सर्लाही आउदै गरेको प्रदेश-३-०१-०२२६५१५ नम्वरको कारलाई बागमती नगरपालिका ११ स्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडि चेकजाँचकाे क्रममा  आन्दाजी १० किलो प्रतिवन्धित लागू औषध गाँजासहित दुई जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा कार चालक रौतहटको गरुडा नगरपालिका ८, का अन्दाजी  ४० वर्षीय रामानन्द साह र सोही कारमा सवार रौतहटकै चन्द्रपुर नगरपालिका ५ का अन्दाजी २६ वर्षीय मनिष चौधरी रहेका छन् । उनीहरुले कारको डिकीभित्र दुईवटा बण्डलमा लुकाएर ल्याउँदै गरेकाे अवस्थामा प्रतिवन्धित लागू औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदेवीले जानकारी दिए।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech