Close This

खानेपानीको पाँचौँ साधारण सभा सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१२ गते   ३३५ पटक हेरिएको


सर्लाहीको लालबन्दी नगरपालिका ६ मा रहेको खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
सभामा संस्थाको गत आर्थिक वर्षको खर्च तथा आम्दानी पारित गर्दै अहिलेसम्म भएका प्रगति लगायतका बारेमा सबै सरोकारवालाहरुलाई जानकारी गराएको संस्थाका लेखापाल मनोज बख्रेलले जानकारी दिनुभयो । संस्थाले अहिले साबिक लालबन्दी नगरपालिकाका विभिन्न वडाहरुमा खानेपानी सेवाविस्तार गरिरहेको छ ।
लालबन्दी नरगपालिका ६ को लेकाली चौरीमा भएको साधारण सभामा संस्थाका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षता एवम सर्लाही  क्षेत्र नम्वर १ का प्रततिनिधिसभा सदस्य प्रमोद कुमार साहको प्रमुख आतिथ्यता रहेको थियो ।
संस्थाको साधारण सभामा लालबन्दी नगरपालिकाका  नगर प्रमुख मानबहादुर खड्का, विभिन्न वडाका वडाध्यक्ष, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, संस्थासँग सरोकार राख्ने विभिन्न निकायका प्रतिनिधि लगायतले सुझाव सहितको शुभकामना मन्तव्य राखेका थिए । लालबन्दी नगरकै शान नगरको गौरवको आयोजनाको रुपमा स्थापित संस्थाले  श्वच्छ पिउँने पानीको विस्तार निरन्तर गरिरहेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech