प्रहरीबाट मान्छे छुटाइदिने भन्दै रकम असुली गर्ने चौधरी पक्राउ

225 Shares

सर्लाहीको विष्णु गाउँपालिका–४ का ४० वर्षीय बेचन भन्ने अवधेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकमको कारोबार गरेको आरोपमा चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार चौधरीले आफूले प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई छुटाउन सक्ने भन्दै सेवाग्राहीसँग रकम लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।उनले विष्णु गाउँपालिका–४ कै राजेन्द्र रायसँग मिलेर प्रहरी कर्मचारीलाई प्रभावमा पार्दै मानिस छुटाइदिने भन्दै रकम लिएको आरोप छ।
चौधरी पक्राउ परेपछि प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।घटनामा संलग्न भनिएका राजेन्द्र भने फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा रकम लेनदेन तथा प्रहरीको नाम प्रयोग गरी सर्वसाधारणलाई प्रभावमा पार्ने गतिविधिबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रहरी सेवा अन्तर्गत प्रदान गरिने सबै प्रकारका सेवा निःशुल्क हुने स्पष्ट पार्दै प्रहरीको नाममा कसैले रकम मागेमा वा लिएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले आग्रह गरेको छ।

सम्बन्धित समाचार