सर्लाहीको ब्रह्मपुरी गाउँपालिका– ४ त्रिभुवननगरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवननगर स्थित नेपाल–भारत सीमानाकाबाट मंगलकार लागूऔषध ओनरेक्स सहित एक युवक पक्राउ परेका शसस्त्र प्रहरी बल १० नं. हेक्वागण कविलासीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, बिओपी त्रिभुवन नगरबाट खटिएको गस्ती टोलिले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंकालागी चेकजाँच गर्दा ओनरेक्स १०० मिली लेखिएको १ सय २० बोतल लागूऔषधसहित बरहथवा नगरपालिका– ५ मा बस्ने अन्दाजी वर्ष २१ का प्रमोद कुमार महतो लाई पक्राउ गरिएको शसस्त्र प्रहरी बल १० नं. हेक्वागण कविलासीका शसस्त्र प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठले जानकारी दिनु भयो ।
पक्राउ परेका महतोलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको जिम्मा लगाइएको उहाँले बताउनुभयो । छिमेकी देश भारतको विहार राज्यमा कोरोना संक्रमण नियन्त्रणका लागि लक डाउनकडा पारिएपनि भन्सार छलीका सामानहरु तस्करहरुले लुकाई छिपाई चोरबाटोको प्रयोग गरि नेपाल छिराई रहेका छन्भन्ने सुचना पाएपछि शसस्त्र प्रहरीले सिमानामा सुरक्षा सर्तकता अपनाएको छ ।