सर्लाहीका कुनै पालिकाको खाता खुल्न सकेन्

347 Shares

आर्थिक वर्ष २०८१/०८२ को दुई महिना वित्तिसक्दा पनि सर्लाहीका कुनै पनि स्थानीय तहहरुको खाता सञ्चालन हुन सकेको छैन् ।जिल्लाका २० पालिकामध्ये मंगलवा सहित हरिवन र बलरा नगरपालिकाका साथै विष्णु र पर्सा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेत नीति तथा कार्यक्रम नै ल्याउन सकेका छैनन् भने बजेट ल्याएका पालिकाहरुले पनि हाल सम्म खाता सञ्चालनमा ल्याउन नसकेका कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका कोष नियन्त्रक तथा सूचना अधिकारी पुर्षोतम बरालले जानकारी दिए ।
उनका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेत नीति तथा कार्यक्रम ल्याउन नसकेका स्थानीय तहहरुका साथै खाता सञ्चालन नल्याउँदा पनि पालिकारुको बजेट सञ्चालन हुँदैन् ।जिल्लाका ११ नगरपालिका र नौ गाउँपालिकामध्ये कुनै पनि पालिकाको खाता नखुलेको र पालिकाहरुलाई बेलैमा अघिल्लो आर्थिक वर्षको हर हिसाब बुझाएर खाता सञ्चालनको बाटो अपनाउन ताकेता गर्दा बेवास्ता गरिरहेका कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका कोष नियन्त्रक एवम प्रमुख पुुष्पप्रसाद गुरागाईंले कताए । उनका अनुसार कोलेनिकामा पालिकाको खाता खोल्दा चालू आर्थिक वर्षको बजेट पारित सहितको विवरण,अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन,कोलेनिकाबाट निकासा भएर गएको रकम खर्च भएको विवरण,खर्च हुन नसकेको ससर्त अनुदानको रकम फिर्ता गरिएको विवरण जस्ता कागजात पेश गर्नुपर्ने प्रावधान रहेको छ । 
दशैँको मुखमा आएर खाता खोल्नेदेखि तलब,भत्ता निकासा,उखुको अनुदान वितरण जस्ता काम एकैपटक गर्नुपर्दा असाध्य समस्या हुने प्रमुख कोष नियन्त्रक गुरागाईंले बताए ।असारमै सर्वसम्मत बजेट पारित गरेका पालिकाको समेत असोज लागेपछि मात्रै खाता सञ्चालन गर्ने तयारी गरेका बुझिएको छ । 

सम्बन्धित समाचार