सिमसार क्षेत्रमा जनप्रतिनिधिहरुको गिद्धेनजर

773 Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको हरिवन नगरपालिका ९ को सिमसार पर्यटकीय क्षेत्र स्थानीय जनप्रतिनिधि र स्थानीयको मिलेमतोमा अतिक्रमण भएको छ । हरिवन नगरपालिका ९ को चर्तुभुजेश्वर शिव सागर पोखरीको रुपमा रहेको सिमसार क्षेत्र अहिले जनप्रतिनिधिहरु र स्थानीयले अतिक्रमण गरेका हुन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत पर्यटकीय क्षेत्रको रुपमा रहेको उक्त क्षेत्रलाई नचलाउन भन्दै परिपत्र गरेको भएपनि स्थानीय जनप्रतिनिधिहरु र स्थानीयले अतिक्रम गरेका पाइएको छ ।
जिल्लाको हरिवन नगरपालिका ९ स्थित रहेको चर्तुभुजेश्वर शिव सागर पोखरीको रुपमा रहेको सिमसार पर्यटकीय क्षेत्र दिनदिनै अतिक्रमण भएको हरिवन नगरपालिका ९ का स्थानीय जाननकार रामशरण उप्रेतीले बताए । सिमसार क्षेत्रलाई पर्यटकीय र सिमसार क्षेत्र नै कायम गर्नु पर्ने र सो क्षेत्रमा बसोबास गरि रहेका नागरिकहरुलाई नगरपालिकाले अन्यन्त्र व्यावस्थापन गर्नुपर्ने उप्रेतीले बताए ।
करिब साँढे १६ बिघा पर्यटकिय सिमसार क्षेत्र हरिवन नगरपालिका ९ मा रहेको चर्तुभुजेश्वर शिव सागर पोखरी स्थानीय जनप्रतिनिधिहरु र स्थानीयले दिनदिनै अतिक्रमण गर्दा पनि सरोकारवाला निकाय डिभिजन वन कार्यालय सर्लाहीका साथै उद्योग तथा पर्यटन मन्त्रालय बेखरबर बनेको छ ।
नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र हरिवन नगरपालिकाले सो क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न र व्यावस्थापन गर्न भन्दे करिब दुई वर्ष पहिला रु एक करोड रकमको व्यावस्था गरेको भएपनि पछि काम हुन नसकेपछि रकम फिर्ता भएको स्थानिय उप्रेतीले बताए । 
स्थानीय जानकारहरुका अनुसार २०२३ सालमा नापी हुँदा सो क्षेत्रलाई कित्ता नम्बर ६० को मिना महल तत्कालीन नेपाल सरकारको नाममा राखेको र पछि सिमसार क्षेत्रको रुपमा पर्यटकीय क्षेत्र बनाउने भन्दै स्थानीय सरकार र केन्द्र सरकारले समेत बजेटको व्यावस्था गरि सकेको भएपनि हरिवन नगरपालिका ९ का तत्कालीन वडा अध्यक्ष सिताराम पोख्रेल,तत्कालीन नगर प्रमुख गणेश प्रसाई र हालका वडा अध्यक्ष कोकिला नन्द उप्रेती र नगर प्रमुख रमेश बुढाथोकीको संरक्षणमा स्थानीय मानिसहरुले अतिक्रमण गरेका हुन ।
यता,हरिवन नगरपालिका ९ का वडा अध्यक्ष उप्रेतीले आफुले पोखरी खन्नका लागि सिमसार क्षेत्रको केही भाग भोग चलन गरि रहेको स्वीकार गरेका छन् । उनले सो जमिन नजिकै आफ्नो जग्गा पनि रहेका कारण केही भाग जमिन आफुले पहिलैदेखि ओगटेको स्वीकारे । 
सो क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमसार क्षेत्र नै रहन दिनु भनेको आफुलाई थाहा नभएको बताउँदै वडा अध्यक्ष उप्रेतीले सिमसार क्षेत्रको जमिन भोग चलन मात्र नभई सुकुम्बासीको नाममा हुकुमबासीलाई फर्म भर्न लगाई जग्गा पुर्जाको प्रक्रियामा लैजान सहजता प्रदान गरेका समेत पाइएको छ ।हरिवन नगरपालिका ९ स्थित रहेको चर्तुभुजेश्वर शिव सागर पोखरीको रुपमा रहेको सो सिमसार क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमसार क्षेत्र कै जमिनहो भनी नचलाउन परिपत्र गरेको र डिपिआर समेत भई सकेको अवस्थामा समेत स्थानीय भद्र भलाद्मीहरुका साथै हरिवन नगरपालिका ९ का वडा अध्यक्ष उप्रेती र हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको मिकलेमतोमा अतिक्रमण भएको स्थानीयको आरोप छ । स्थानीयका अनुसार स्थानीय नरेन्द्र भट्टराई,दामोदर उप्रेती सहित वडा अध्यक्ष उप्रेतीले सो जमिनलाई अतिक्रमण गरि भोगचलन गरेका हुन । 
उनिहरुले सुकुम्बासी तथा अव्यवस्थीत भुमिहिन दलितहरुको लगत संकलनको क्रममा सो जमिनको पनि जग्गा दर्ता पुर्जा आफुहरुले पाउनु पर्ने भन्दै फारम भरेका पाइएको छ । 
२०२३ सालको नापीमा ६० नम्बर कित्ताको मिना महलमा तत्कालीन नेपाल सरकारको नाममा करिब साँढे १६ बिघा क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा अहिले करिब २५ जनाले भोग चलन गरि रहेका छन् । भने हरिवन नगरपालिका ९ को कार्यालयले सो क्षेत्रमा बसोबास गरि रहेका तीन घरपरिवारलाई लालपुर्जा उपलब्ध गराउन भन्दै वडाको बैठकबाट निर्णय समेत गरेको छ ।
हरिवन नगरपालिका ९ को वडा कार्यालयको बैठकले“हरिवन नगरपालिका ९ अन्र्तगत सुकेपोखरी देखि उत्तर शिवसागर पोखरी सम्म बनेको दुई परिवारको र शिवसागर पोखरी देखि उत्तर नोचा जाने बाटो भन्दा दक्षिण तर्फको एक घर परिवारले घरबास सहित भोग चलन गरेको जग्गाहरु जसजसले जति घरबास गरि भोग चलन गरेको हो सो परिवारको नाममा नीयमानुसार नाप नक्सा गराई दिन सम्बन्धीत निकायलाई सिफारिस गर्ने निर्णय गरियो ।”भनि निर्णय गरेको छ । तर सिमसार क्षेत्रको जमिन पुर्व पश्चीम राजमार्ग देखि माथी हालको इट्टा भट्टा सम्म रहेको स्थानीय जानकारहरुले बताएका छन् । 
२०२३ सालमा नापी हुँदा करिब साँढे १६ बिघा क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्र अहिले करिब दुई बिघामा सिमिति भएको छ । पछिल्लो समय सिमसारको क्षेत्र विभिन्न २५ जनाको नाममा फारम भरी भूमि आयोगमा फारम पुगेको स्रोतको दाबी छ । अतिक्रमणका कारण सो सिमसार क्षेत्र मासिँदै गएको छ । 
करिब ५० वर्ष पहिला साँढे १६ बिघामा फैलिएको सिमसार क्षेत्र अहिले करिब  दुई बिघामा सिमित भएको छ । स्थानीय जनप्रतिनिधिहरु र स्थानीयले अतिक्रमण गरेपछि  सिमसार क्षेत्र साँघुरिँदै र पुरिँदै गएको हो । यता, सिमसार क्षेत्रको विषयमा आफुले पनि सुनेको र स्थलगत रुपमा हेरेपछि मात्र केही बताउन सक्ने डिभिजन वन कार्यालय सर्लाहीका डिभिजन वन अधिकृत मन्जुर अहमद्ले बताए । उनी डिभिवन जन कार्यालय सर्लाही आउनु भन्दा धेरै पहिला अखितयारले पत्रचार गरेको थियो ।

सम्बन्धित समाचार