रौतहटको गौरमा पत्रकार गुप्तामाथी अज्ञात समुहद्धारा दुव्र्यवहार र कुटपिट

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-७ गते   ४६३ पटक हेरिएको

रौतहटको गौर निजिकै एकजना पत्रकार माथी अज्ञात समुहले आक्रमण गरेको छ ।बिहीबार राती करिब ९ बजे आफ्नो काम सकेर घर जाँदै गरेका पत्रकार रघुनाथ गुप्तालाई गौर स्थित सिवाङ्गी पेट्रोल पम्प अगाडि दुव्र्यवहार र कुटपिट भएको रौतहटबाट हाम्रा सहकर्मी अभिमन्यु पटेलले जानकारी दिए ।
उनका अनुसार गौरबाट सिसवा घर जाने क्रममा बिहीबार राति करिब ९ बजे ५÷७ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले पत्रकार गुप्तालाई दुव्र्यवहार र कुटपिट गरेका हुन ।
पत्रकारहरुले लेखेका वा कुनै पनि सञ्चार माध्याममा प्रकाशित वा प्रसारित समाचारहरु प्रति चित्त नबुझे कानुनी कार्बाहीको बाटो प्रेस काउन्सिल नेपाल रहेको भएपनि पछिल्लो समय मधेश प्रदेश लगायत देशै भर पत्रकारहरुमाथी विभिन्न समयमा कुटपिट तथा दुव्र्यवहारका घटनाहरु बढी रहेका छन् ।
स्वतन्त्र रुपमा पत्रकारीता गरि रहेका सञ्चारकर्मीहरु तथा पत्रकारहरु माथी हुने यस प्रकार घटनाहरुमा संग्लग्नलाई आवश्यक कार्बाही हुनुको सट्ट उन्मुक्ती दिने प्रचलनका कारण यस प्रकारका घटनाहरु बढी रहेका अग्रज पत्रकारहरुको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech