विश्वास जित्दै लालबन्दी मोडेल अस्पताल प्रा.लि

484 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित रहेको लालबन्दी मोडेल अस्पताल प्रा.लिले सर्लाही मै पहिलो पटक भेन्टिलेरबाट सफल उपचार गरेको छ ।सर्लाहीको हरिपुर्वा नगरपालिका ६ लक्ष्मीपुरकी अन्दाजी ६१ वर्षिय महिला बटुलिया खातुनलाई भेन्टिलेरमा राखि सफल उपचार गरिएको लालबन्दी मोडेल अस्पताल प्रा.लिका सञ्चालक डा.आलोक कुशबाहाले जानकारी दिए ।उनका अनुसार सुगर(डाइबेटिज) अत्याधिक बढी अचेत अवस्थामा अस्पतालमा आएकी उनलाई भेन्टीलेटरमा राखेर सफल उपचार गरीएको हो ।
सर्लाहीको लालबन्दी कै सबै भन्दा पुरानो र विश्वासिलो निजी अस्पतालको रुपमा रहेको लालबन्दी मोडेल अस्पताल प्रा.लिले समाजमा दुख्खमा परेका तथा विपन्नहरुका लागि समेत सहुलीयत शुल्कमा स्वास्थ्य सेवा प्रवाह गरि रहेको छ ।समाजमा सामाजिक सम्बन्ध समेत कायम गर्ने गरी काम गरि रहेको लालबन्दी मोडेल अस्पताल प्रा.लिले इश्वरपुर नगरपालिका ६ स्थित बयलवासमा पनि इश्वरपुर पोलिक्लिनिक प्रा.लि समेत सञ्चालन गरेको छ । 

सम्बन्धित समाचार