बसबरिया २ लौकहाका २ सय ८० अतिविपन्न नागरिकहरुलाई न्यानो ज्याकेट वितरण

574 Shares

सर्लाहीको बसबरिया गाउँपालिका २ लौकहाका अतिविपन्न दुई सय ८० बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई न्यानो ज्याकेट वितरण गरिएको छ।बसबरिया गाउँपालिका २ का वडा अध्यक्ष  विन्देश्वर रायको अध्यक्षता तथा नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवम पुर्व मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा बसबरिया गाउँपालिका २ का अतिविपन्न दुई सय ८० बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई न्यानो ज्याकेट वितरण गरिएको हो ।
बसबरिया गाउँपालिका २ लौकहाका नेपाली कांग्रेसका नेता एवम समाजसेवी गजेन्द्र साहले आफ्नो व्यक्तिगत लगानीमा उपलब्ध गराएको दुई सय ८० थान न्यानो ज्याकेट बसबरिया गाउँपालिका २ लौकहाका अतिविपन्न बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवम पुर्व मन्त्री सिंहले वितरण गरेका हुन।पछिल्लो समय लागातार बढेको चिसो तथा शीतलहरलाई मध्य नजर गर्दै विपन्न नागरिकको जीवनयापनमा सहयात्री बन्दै सानो भएपनि मल्हम लगाउन आफुले दुई सय ८० थान न्यानो ज्याकेट उपलब्ध गराएको बसबरिया गाउँपालिका २ लौकहाका नेपाली कांग्रेसका नेता एवम समाजसेवी साहले बताए।विभिन्न समयमा आउने मौसमी विपद्हरुमा स्थानीय नागरिकसंगै सहयात्री बनेका नेता साह लामो समयदेखि सामाजसेवामा निरन्तर लागि परिरहेका छन् ।

सम्बन्धित समाचार