Close This

बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु, ८ जना घाइते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-३ गते   २६४ पटक हेरिएको

सिन्धुलीको कमलामाई नगरपालिका ७ मा बोलेरो दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । सिन्धुलीमाढी बजारबाट यात्रु लिएर कमलामाई नगरपालिका ७ बासकटेरी जादै गरेको बा १७ च १११७ नम्बरको डबल क्याप बोलेरो कमलामाई नगरपालिका ७ करङ डाडामा अनियन्त्रीत भइ करिब चालिस मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक आभुषण तिमल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बोलेरो दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित अन्य ८ जना घाइते भएको छन् । १ जना भने गाडी अनियन्त्रित हुन थालेपछि हाम फालेर शकुसल बच्न सफल भएका सिन्धुली प्रहरीले जनाएको छ ।
बोलेरो दुर्घटनाबाट मृत्यु हुनेमा सिन्धुलीकै कमलामाई नगरपालिका ७ बासकटेरीका अन्दाजी ६५ वर्षीय रुद्रबहादुर थापा, सोही स्थानकी १८ वर्षीया रिता एस्माली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनका दुई वर्षीय छोरा मनिस श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech