डढेलोले सखाप हुँदै सर्लाहीको वन क्षेत्र

3.7k Shares

केही  दिन  यता  सर्लाहीका  कतिपय  सामुदायिक  र  राष्ट्रिय  वन क्षेत्रमा लागेको डढेलोले वन पैदावारमा व्यापक क्षति पुगेको छ । पुर्व पश्चमि लोकमार्ग क्षेत्र र चुरेसँग     जोडिएका  राष्ट्रिय  तथा  सामुदायिक  वनमा  लागेको डढेलोले त्यस क्षेत्रका वन पैदावार जलेर नष्ट भएको बताइएको छ ।
पछिल्लो   एक   साताको   अवधिमा   जिल्लाका सबैतिर गरी करिब १ हजार २ सय भन्दा बढी हेक्टर  जमिनमा  डढेलो  लागेको सव डिभिजन नव कार्यालय लालबन्दीका कार्यालय प्रमुख  उज्जल कुमार यादवले बताउनु भयो  । जिल्लाको लालबन्दी,इश्वरपुर,हरिवन,बागमती र वरथवा नगरपालिकाको क्षेत्रमा रहेका सामुदायिक तथा राष्ट्रिय   वनमा   डढेलो   लागेको  डिभिजन  वन  कार्यालय  सर्लाहीले  जनाएको छ । जिल्लाका सामुदायिक वन तथा राष्ट्रिय   वन र चुरे क्षेत्रका वनमा लागेको  डढेलोले  ठूलो  परिमाणमा  वन  पैदावारको  क्षति  गरेको  र  कतिपय  वन्य  जन्तुसमेत  डढेलोबाट  प्रभावित  भएका  डिभिजन  वन  कार्यालय सर्लाहीका कार्यालय प्रमुख माधव प्रसाद देवले बताउनु भयो ।
वन          क्षेत्रमा          दैनिक          डढेलो  बढ्दै  गएर  वन  पैदावार  नष्ट  हुन  थालेपछि    कतिपय    सामुदायिक    वन    उपभोक्ता समुहहरूले डढेलो नियन्त्रण गर्ने प्रयास गरिरहेको सामुदायिक वन उपभोक्ता महासङ्घ  प्रदेश नम्बर २ को न्यायिक समितिका संयोजक उत्तर कुमार मैनालीले बताउनुभयो । उहाँका अनुसार जिल्लाका  पूर्वी तथा उत्तरी भेगका इश्वरपुर,लालबन्दी,हरिवन,बागमती र बरथवा नगरपालिका क्षेत्र भित्र रहेका सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जङ्गलमा घाँस दाउरा गर्नेहरुले आगो लगाउने गरेका पाइएको छ । 
जिल्लाभरी  ६५ वटा सामुदायिक वन हस्तान्तरण भइ सकेका छन् भने ४ वटा साझेदारी वन रहेका  छन् । जिल्लामा रहेका वनहरुमा  सकेसम्म  डढेलो  लाग्न  नदिन  डिभिजन  वन  कार्यालय सर्लाही तथा सव डिभिजन वन कार्यालयहरुले विभिन्न  उपाय  अपनाउँदै  आएको  पनि  कार्यालय प्रमुख देवले बताउनुभयो । 
बिगत    लामो    समयदेखि    पानी    नपर्दा  वनमा  सुकेका  पातपतिङ्गर  धेरै  जम्मा  भएको  र  त्यसमाथि  चर्काे  घामसँगै  चैत  महिनामा  चलेको    तातो  हावाले  वन  क्षेत्रमा  डढेलो  लाग्न  सहज  भएको  वन कार्यालयका  कर्मचारीहरूले नै  बताउँने गरेका छन् ।

सम्बन्धित समाचार