मौसम प्रतिकुल हुँदा कालीगढहरु चिन्तीत 

2.2k Shares

 सरस्वती पुजा नजिकिदै जांदा बाराका मुर्तिकारहरुलाई यतिखेर मुर्ति बनाउन भ्याइन भ्याई भएको छ ।  विद्याकी देवी सरस्वातीको पुजा हरेक वर्ष वसन्त पञ्मचीमा हुने गर्दछ । यस वर्षको सरस्वती पुजा आउँदो माघ १६ गते विहिवारका दिन रहेको छ ।
             सरस्वती पुजा आउँन अब करिब १ सातामात्रै बाँकी रहेकोले मुर्तिकारहरु सरस्वतीको मुर्ति बनाउन निकै व्यस्त भएका छन । प्रत्येक वर्ष विद्यार्थीहरुले विद्या आर्जनका लागि भन्दै श्री पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पुजा आराधना गर्ने गर्दछन । सरस्वती  पुजाको लागि माटोबाट बनाईएको सरस्वती माताको मुर्तिको आवश्यकता पर्दछ । सरस्वतीको मुर्ति बनाएरै राम्रो आम्दानी लिन र व्यवसाय प्रर्वद्धनको लागि यहाँका कालिगढहरु यतिखेर सरस्वतीको मुर्ती बनाउन र बिक्रि वितरण गर्न मै व्यस्त भएका छन। माता सरस्वतीको पुजा आराधनामा मुर्तिको प्रतिमाको आवश्यक्ता पर्ने भएकाले जिल्लाको सदरमुकाम सहितका अन्य स्थानका कालीगढहरु  सरस्वातीको मुर्ति बनाउने कार्यमा व्यास्त रहेका छन । 
           तराइका जिल्लाहरुमा सरस्वती पुजाको विशेष तामझाम हुने गरेका कारण पनि कालीगढहरु विशेष व्यास्त रहेका छन । एउटा सरस्वतीको मुर्ति ३÷५ हजार सम्ममा विक्रि हुने गरेको कालीगढहरुले बताएका छन । माटो तथा पराल मिसाएर बनाईने सरस्वतीको मुर्ती सरस्वती पुजा आउन करिब १ महिना बाँकी छदैँ बजार तथा चोकहरुमा प्रसस्त मात्रामा पाउने गरिन्छ । मौसम प्रतिकुल भएपनि मुर्ति निर्माणमा आफुहरु निरन्तर लागि परेको मुर्तिकारहरुको भनाई छ ।
          मौसममा परिवर्तन भई घाम नलागेका कारण माटोबाट बन्ने मुर्ति नसुक्ने डर रहेको लालबन्दीका मुर्तिकार सत्य नारायण पंडितले बताउनु भयो ।  पौष माघको महिनामा पनि पानी परेका कारण माटोकाट बन्ने मुर्ति सुक्न नसक्ने होकी भन्नेमा आफु चिन्तीत रहेको उनको भनाई छ । गत वर्ष अर्डर आए अनुसार मुर्ति निर्माण गर्न सफल भएको भएपनि यस वर्ष मौसममा अचानक परिर्वतन भएर पानी परेका कारण अर्डर अनुसारको मुर्ति निर्माण गर्न नसक्दा आफुलाई करिब २ लाख घाटा लाग्ने उनको भनाई छ ।

सम्बन्धित समाचार