Close This

लालबन्दी १६ भोर्लेनीवासिले गरे सडक सरसफाई

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२ गते   ५१४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १६ भोर्लेनीका स्थानियले आफ्नो गाउँघर सरसफाई गरेका छन् । लालबन्दी नगरपालिका १ट भोर्लेनीबासीले चाडपर्व नजिकिएसंगै आफ्नो गाउँ घरको सडक सरसफाई गरेका हुन । 

विश्वकर्मा पुजाको अवसर पारेर लालबन्दी नगरपालिका १६ भोर्लेनीका स्थानियले सडक छेउछाउ सरसफाई गरेका हाम्रा स्थानिय प्रतिनिधि राजेश थापाले जानकारी  दिए । उनका अनुसार लालबन्दी नगरपालिका १६ को स्थानिय मिरमिरे युवा क्लव र श्री ५ दिपेन्द्र सामुदायिक वन उपभोक्ता समुहको अगुवाईमा सडक छेउछाउमा सरसफाई गरेका हुन ।
कुनै पनि सार्वजनिक काम र कार्यक्रम हुँदा अत्यन्त उत्साहित र एकजुट हुने भोर्लेनीवासि मिरमिरे युवा क्लवको सह–आयोजनामा हुँदै गरेको पाँचौ वडा अध्यक्षकप नकआउट फुटबल प्रतियोगिताका कारण पनि यतिबेला उत्साहित भएका लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष थापाले बताए । उनका अनुसार फुटवल प्रतियोगीता र चाडपर्वलाई लक्षित गरेर नै सडक सरसफाई गरिएको हो ।
सडक सर सफाई कार्यक्रममा लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापा, श्री ५ दिपेन्द्र सामुदायिक वन समुहका अध्यक्ष अर्जुन श्रेष्ठ, मिरमिरे युवा क्लबका अध्यक्ष रमेश गुर्मछानसँगै  भोर्लेनिबासिको सहभागीता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech