सर्लाहीको हरिवन नगरपालिका १ र २ का नेकपा)एमाले)का२१ जना नेता तथा कार्यकर्ताहरुले संयुक्त रुपमा राजिनामा दिएका छन् । स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० मा आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुले अन्तरघात गरेका भन्दै २ वडा कमिटिले संयुत्त रुपमा राजिनामा दिएका हुन ।
नेकपा(एमाले) हरिवन नगरपालिका १ का वडा कमिटि अध्यक्ष राम बहादुर राईको अध्यक्षतामा बसेको वडा नम्बर १ र २ को संयुक्त बैठकले स्थानिय निकायको निर्वाचन २०७ढ बैशाख ३० को समिक्षा गर्दै अब पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको हरिवन नगरपालिका २ का निवर्तमान वडा अध्यक्ष एवम एमाले नेता अर्जुन महतोले जानकारी दिनु भयो । उहाँका अनुसार हरिवन नगरपालिका १ का निवर्तमान वडा अध्यक्ष राम बहादुर क्याप्छाकी मगर र हरिवन नगरपालिका २ का निवर्तमान वडा अध्यक्ष अर्जुन महतो कुशवाह सहित बाबुलाल महतो,रामपुकार महतो,जोगेन्द्र महतो,शान्ति थामी ,जीत बहादुर सोनार ,सम्झना हायु पाख्रीन,लालबाबु महतो,धिरेन्द्र साह,राम बहादुर महतो,प्रेम बहादुर थापा ,विशेश्वर महतो ,अयोधि महतो ,बेचुु थापा लगायतले सयुक्त राजिनामा दिएका हुन ।
साथै वडा नम्बर १ र २ को संयुक्त बैठकले आजैको मिति देखि लागू हुने गरि पार्टीको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएको पार्टीलाई जानकारी गराईएको हरिवन नगरपालिका १ का निवर्तमान वडा अध्यक्ष राम बहादुर क्यापछाकी मगरलेजानकारी दिनु भयो । संयुक्त बैठकले आफुहरु अब स्वतन्त्र रहेर नागरिकको सेवामा लागि रहने प्रतिज्ञा समेत गरेको छ ।