डिभिजन वन कार्यालय,जलेश्वर महोत्तरीले शीतलहरलाई मध्य नजर गर्दै निःशुल्क दाउरा वितरण गरेको छ।पछिल्लो केही दिनदेखि अचानक बढेको चिसो तथा शीतलहरलाई मध्य नजर गर्दै नागरिकहरुलाई थोरै भएपनि राहत पुगोस भनेर निःशुल्क दाउरा वितरण सुरु गरिएको डिभिजन वन कार्यालय,जलेश्वर महोत्तरीका प्रमुख एवम डिभिजन वन अधिकृत अजय कुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार जिल्लाका सामुदायिक तथा साझेदारी वन र आपुर्ति समितिमा रहेको दाउरा डिभिजन वन कार्यालयले आवश्यकता अनुसार जिल्लाका विभिन्न स्थानीय तहहरुमा निःशुल्क वितरण सुरु गरेको हो ।मधेशमा चिसो तथा शीतलहर बढेपछि विपन्न परिवारलाई कसरी बच्ने भन्ने चिन्ता बढ्ने गरेको छ । हरेक वर्ष देखा पर्ने विपन्नको यो समस्यामा स्थानीय सरकार भने सुस्त देखिएको स्थानीयको गुनासो छ ।