बागमतीका ३० जना विपन्न सुत्केरी महिलाहरुलाई बाख्रा वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-२६ गते   ४३९ पटक हेरिएको

गणेश खड्का
सर्लाहीको बागमती नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत नगर भित्रका सुत्केरी महिलाहरुलाई बाख्रा वितरण गरेको छ । बागमती नगरपालिका ११, स्थित फनपार्कमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नगर भित्रका सुत्केरी महिलाहरुलाई बाख्रा वितरण गरिएको बागमती नगरपालिकाको नगर स्वास्थ्य शाखाले जनाएको छ ।


स्थानीय शासन प्रवद्र्धनका लागि पोषण अवस्था सुधार गर्न विपन्न समुदायका सुनौलो हजार दिनका आमाहरुलाई एक÷एक वटा बाख्रा वितरण गरिएको नगरपालिकाकी उप प्रमुख लिला कुमारी मोक्तानले जानकारी दिईन् । कार्यक्रमकी प्रमुख अतिथि बागमती नगरपालिकाकी नगर उप प्रमुख मोक्तानले नगर भित्रका ३० जना सुत्केरी महिलाहरुलाई बाख्रा वितरण गरेकी हुन ।


बाख्रा वितरणबाट नगर भित्रका विपन्न सुत्केरी आमाहरुले केही मात्रामा भएपनि आयआर्जन गर्नसक्ने र पोषणयूक्त खानेकुराको प्रवन्ध गर्न सहज हुने नगरपालिकाले अपेक्षा गरेको नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए । नगर उप प्रमुख मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती नगरपालिका ११ का वडाध्यक्ष प्रदिप आचार्य सहित वडा सदस्यहरु,महिला स्वास्थ्यकर्मीहरु र पोषण स्वयमसेवकको समेत आतिथ्यता रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech