सर्लाहीबाट करिब रु ६ लाखकाे १ सय क्वुन्टल भन्सार छलिकाे चिनी बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-२८ गते   ३६७ पटक हेरिएको

सर्लाहीको जिल्ला भन्सार नाका भित्रिएका दुईवटा कन्टेनरबाट करिब ६ लाख बराबरकाे भन्सार छलिकाे चिनी बरामद् भएको छ ।  धानको बोरा बोकेर आएको कन्टेनरमा फल्स बटमभित्र खाँदेर हालिएको अवस्थामा एक सय क्वुन्टल चिनी बरामद् भएको जिल्ला भन्सार कार्यालय मलंगवाले जनाएको छ ।
यूपी ६७ एपी ३९७२ र यूपी ६५ जेटी ७६०४ भारतीय नम्बरको दुईवटा कन्टेनरबाट सय/सय बोराको दरले २ सय बोरा चिनी बरामद् भएको जिल्ला भन्सार कार्यालय सर्लाहीका प्रमुख मुरारी काफ्लेले जानकारी दिनुभयाे ।
उहाँका अनुसार उक्त कन्टेनरहरु गत विहिबार भारतबाट नेपाल भित्रिएका थिए । जाँचपास गर्ने क्रममा चेकजाँच गर्दा भन्सारका कर्मचारीले कन्टेनर भित्रबाट ५० किलोका दरका २ सय बोरा चिनी बरामद् भएको छ ।
 ट्रकमा आउनु पर्ने धान कन्टेनरमा ल्याईए पछि  शंका लागी चेकजाँच गर्दा फल्स बटन (काठको बाकस) भित्र चिनीका बोरा लुकाएको फेला परेकाे कार्यालय प्रमुख काफ्लेले बताउनु भयाे ।
उक्त दुवै कन्टेनरमा रिलायन्स ट्रेड एन्ड इन्भेस्टमेन्ट कम्पनी हरिवन सर्लाहीको नाममा भारतबाट धान भित्रिएको हो । शंका लागेपछि दुवै कन्टेनरका चालकहरु  नौसाद र संजय कुमारलाई भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएर छन् । उनिहरु दुवै जना चालक भारतिय नागरिक रहेका कार्यालयले जनाएको छ ।
बरामद् चिनी करिब रु  ६ लाख तथा ओसारपसारमा संलग्न दुईजना चालकको रु ३ लाख  गरि रु ९ लाख धरौटी राखेर रिलायन्सका सञ्चालक पुरुषोत्तम घिमिरे तथा चालकद्वयलाई तारेखमा छाडिएको भन्सार प्रमुख काफ्लेले जानकारी दिनुभयाे । ट्रकलाई नियन्त्रणमै राखेर थप आवश्यक कार्बाही प्रकृया अगाडी बढाईने भन्सार प्रमुख काफ्लेले बताउनु भयाे।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech