नेपाली कांग्रेस सर्लाहीको विवाद फेरी सत्तहमा देखिएको छ।सर्लाहीको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख एवम नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि मनोज कुमार आचार्यलाई पार्टी मुख्यालयले पाँच दिने स्पष्टीकरण सोधेपछि नेपाली कांग्रेस सर्लाहीको विवाद फेरी सत्तहमा आएको हो ।

यता,सो विषयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८३ फागुन २१ का उम्मेदवार शम्भुलाल श्रेष्ठलाई जिज्ञासा राख्दा“चुनाव जित्ने पार्टीको नामबाट तर आफु व्यक्तिवादी भएको दम्भका कारण केन्द्रीय अनुशासन समितिले कार्बाही प्रक्रिया अघि बढेको साथै निर्वाचनमा अन्तरघात गरेको भनिएपनि चार महिनापछि कार्बाही सुरु हुनुमा केन्द्रीय समितिले जान्ने छ।संगठन र मैले समयमै अनुशासन समितिलाई जानकारी गराएको हो।”उनले बताए ।
https://www.youtube.com/watch?v=-mk34Xa7NMA
तपाईहरुको विवाद चाही केमा हो ?भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा“नेपाली कांग्रेस अहिले गुटमुक्त भएको,लेनदेन केही छैन्।ईश्वरपुर नगरपालिकाका नगर प्रमुख एवम नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि आचार्यको भुमिका केही नदेखिएको साथै पार्टीले राखेको आर्थिक अपेक्षा अनुसार ईश्वरपुर नगरपालिकाका नगर प्रमुख एवम नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि आचार्यसंग कुनै रकम माग नभएको÷नगरिएको साथै उनले कुनै आर्थिक सहयोग पनि नगरेका दाबी गरे।”“सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार म थिएँ।म माथि लगाईएको आर्थिक आरोपमा कुनै सत्यता छैन्।मैले उनीसंग आर्थिक लाभ लिएको कुनै प्रमाण छैन्।”श्रेष्ठले बताए ।
यता,केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरको हस्ताक्षरित पत्रमा“नेपाली कांग्रेसको विधान बमोजिमको अनुशासन उल्लंघनको कसुरमा तपाईंलाई सजाय किन नगर्ने?यदि उक्त कारबाही गर्न नपर्ने कुनै मनासिब आधार र कारण भएमा विधानको धारा ३४ को उपधारा ८ (घ) बमोजिम पाँच दिनभित्र लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णय अनुसार यो पत्राचार गरिएको छ।”भनिएको छ ।
यद्यपि,नेपाली कांग्रेसको केनद्रीय महाधिवेशनमा एउटै प्यानलबाट केन्द्रीय सदस्य बनेका श्रेष्ठ र ईश्वरपुर नगरपालिकाका नगर प्रमुख एवम नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि आचार्य विच विवाद सृजना हुनु कुनै राजनीतिक विषय मात्र नभएको प्रष्ट हुन्छ । पार्टीनिकट स्रोतका अनुसार पछिल्लो समय केही नेता तथा कार्यकर्तामाथि स्पष्टीकरण सोध्ने र कारबाही प्रक्रिया अघि बढाउने प्रक्रिया चलि रहेको छ।