सर्लाहीमा पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू भएको छ।हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाईने अभियान सर्लाही सहित देशैभर हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरू भएको हो ।
नेपालको मन्त्रिपरिषद् बैठकले २०७५ साल मङ्सिर २ गते हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रूपमा मनाउने निर्णय गरेपछि सुरु भएको योअभियानको यस वर्षको नारा“हामी सबैको प्रतिबद्धता,लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता”रहेको छ ।
अभियानको अवसरमा जिल्लाका विभिन्न स्थानहरुमा विभिन्न संघ/संस्थाका साथै महिला अधिकारकर्मीहरुको सहकार्यमा प्रभात फेरि तथा कोणसभा लगायतका कार्यक्तमहरु गरिएको हो ।१६ दिनसम्म सञ्चालन हुने अभिायनकाक्रममा जिल्लाभर विभिन्न किसमिका कार्यक्रमहरु सञ्चालन गरिने अधिकारकर्मीहरुले बताएका छन् ।